मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिनाको मादकता (तस्बीरसहित)

फिल्मीखबर, काठमाडौं, 2023/11/27

Malina Joshi

 

अभिनेत्री मलिना जोशीको करिअर सन्तुलित बन्न सकेको छैन । सन् २०११ मा ‘मिस नेपाल’को उपाधि जितेपछि फिल्म ‘ऋतु’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसयता ‘द विनर’, ‘झुम्की’, ‘रानी, ‘तिमी हुन्छौं जहाँ जहाँ’, ‘लीला’, ‘छक्का पञ्जा ४’मा अभिनय गरिसकेकी छन् । त्यसमध्ये छोटो भूमिका रहेको ‘छक्का पञ्जा ४’ मात्र सफल रह्यो । तर, यो उनका लागि हर्ष न विस्मातझैँ भयो ।

 

Malina Joshi


अहिलेसम्म उनले फिल्ममा आफ्नो अभिनय क्षमता देखाउन सक्ने भूमिका पाउन सकेकी छैनन् । जसले गर्दा उनी चर्चाबाट टाढा छिन् । र, मेकरहरुको रोजाईमा पर्न सकेकी छैनन् । अचेल उनको फिल्मभन्दा विभिन्न कार्यक्रममा उद्घोषकको रुपमा व्यस्तता बढ्न थालेको छ । दशैंअघि उनी एक कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेकी थिइन् । उनीसँग फिल्मको भने अभाव देखिन्छ ।

 

Malina Joshi


पर्दाभित्र ‘सफ्ट’ र पर्दाबाहिर ग्ल्यामरस अभिनेत्रीको छवि बनाएकी उनले अष्ट्रेलिया घुमफिरको क्रममा वानपिस विकिनीमा समुन्द्री तटमा खिचेका तस्बीरहरु सामाजिक सञ्जालमा सेअर गर्दा मिडियामा राम्रो चर्चा भएको थियो । यसैक्रममा, सोमबार उनले ‘बोल्ड ड्रेसअप’मा कैद गरेका केही तस्बीरहरु फेसबुक र इन्स्टाग्राममा राखेकी छन्, जसमा उनको मादकता र सुन्दरता झल्किएको छ ।

 

Malina Joshi


त्यसो त उनी ड्रेसअप छनौट गर्न निकै माहिर मानिन्छिन् । उनी आफ्नो रुचि, काम, शरीरिक बनावट र स्किनको कलरअनुसारको पहिरनमा हिँड्न रुचाउँछिन् । उनको पहिरनमा भर्सटालिटी देखिन्छ । सार्वजनिक कार्यक्रमहरुमा भने उनी साडीमा देखिने गरेकी हुन्छिन् । पहिरनमा जस्तै मलिना अब फिल्म छनौटमा गम्भीर हुन जरुरी छ । फिल्ममा उनको संख्यात्मक वृद्धि मात्र भैरहेको छ ।