मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’मा अर्पण बने भगवान् दादा

फिल्मीखबर, काठमाडौं, 2023/11/28

Rangeli Poster Arpan Thapa Charactor poster

 

अभिनेता अर्पण थापाले भिलेनको रुपमा स्थापित गरिरहेका छन् । ‘प्रसाद २’ र ‘दिमाग खराब’मा उनले नकारात्मक चरित्रमा गरेको अभिनयको प्रशंसा भएको थियो । अब उनी आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’मा पनि भिलेनको भूमिकामा देखिँदैछन् । मंगलबार निमाण टिमले सार्वजनिक गरेको उनको क्यारेक्टर लुक्स पोस्टरले यही संकेत गर्छ ।

पोस्टरमा अर्पणको कपाल सेताम्मे छ । कानमा मुद्रा लगाएका उनको घाँटीमा सुनको सिक्री झुण्डिएको छ । काँधमा गम्छा भिरेका उनको लुक्स आकर्षक छ । उनलाई भगवान् दादाको रुपमा चित्रण गरिएको छ । उनको लुक्सले ‘रङ्गेली’मा उनी ग्याङस्टारको भूमिकामा रहेको बुझाउँछ । यसअघि सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई पनि ग्याङस्टार लुक्समा प्रस्तुत भएका थिए ।

अर्जुन सुवेदीको निर्देशक तथा लेखन रहेको फिल्ममा दयाहाङ र अर्पणका साथै मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीको पनि अभिनय छ । फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।

युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता र विवेक खड्का (योलो) एशोसियट निर्मातामा रहेको फिल्मका छायाँकार सुशन प्रजापति हुन् । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले फिल्म रिलिज गर्दैछन् भने अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ र अष्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले फिल्मको प्रदर्शन अधिकार किनेका छन् ।