मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘दयारानी’ पनि सेभेन सिजको पोल्टामा

फिल्मीखबर, काठमाडौं, 2023/11/30

dayarani movie

 

नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिदमा यतिबेला कुनै कम्पनीको हालिमुहाली छ भने त्यो सेभेन सिज इन्टरटेनमेन्ट हो । ठूला स्टार र प्रतिष्ठित ब्यानरका फिल्महरु आफ्नो पोल्टामा पार्दै आएको यो कम्पनीले अब ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मम्को नयाँ फिल्म ‘दयारानी’को पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएको हो ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारको खरिद मूल्य खुलाइएको छैन । तर, ६० लाख हाराहारीमा बिक्री भएको जानकारी प्राप्त छ । माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका छ । आगामी माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतको पनि अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले खराब श्रीमान र दयालु श्रीमतीबीचको कथा भन्नेछ । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको ‘दयारानी’का कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।