मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिन र वर्षाको जोडी : सहकार्य निरन्तर तर किन हुन्न चर्चा ?

फिल्मीखबर, काठमाडौं, 2023/11/30

bipin karki and barsha raut

 

नेपाली फिल्ममा बेला बखतमा केही जोडी दर्शकको ‘प्रिय’ बन्ने गरेका छन् । कुनै बेला राजेश हमाल र करिश्मा मानन्धरको जोडी सर्वाधिक हिट मानिन्थ्यो । अघिल्लो वर्ष फिल्म ‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरको जोडी अहिले ‘हाई डिमाण्ड’मा छ । पर्दामा रुचाइएको जोडी लिँदा फिल्म चलाउन धेरै सहज हुन्छ भन्ने विश्वासले मेकरहरुले पनि एउटै जोडी दोहोर्‍याउने गरेका छन् ।

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको जोडीलाई पनि थोरबहुत रुचाइएकै मानिन्छ । यद्यपि, उनीहरु फिल्ममा जोडीको रुपमा स्थापित हुन भने कहीँ न कहीँ चुकिरहेका छन् । यो कुरा उनीहरु आफैं पनि स्वीकार गर्ने गर्छन् । तर पनि दुवैको सहकार्य टुटेको छैन । ‘जात्रा’, ‘गोपी’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’ हुँदै अहिले ‘महाजात्रा’सम्म उनीहरुको सहकार्यले निरन्तरता पाएको छ ।

अब शंकर घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’मा विपिन र वर्षाको जोडी बाँधिँदैछ । यो उनीहरुको छैटौं सहकार्य हुनेछ । विपिन अनुबन्ध भएको केही महिनापछि फिल्ममा वर्षा भित्रिएकी हुन् । सोचनीय पक्ष के छ भने विपिन र वर्षाले एकसाथ काम गरेका फिल्म सफल हुँदा पनि जोडीको चर्चा हुँदैन । ‘जात्रा’ सिरिजमा उनीहरुको केमेस्ट्री जमेको थियो । तैपनि चर्चा भएन ।

अब यो जोडीको आशा भनेको ‘महाजात्रा’ हो । ‘जात्रा’को तेस्रो सिक्वेल भएकाले विपिन र वर्षा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्म हिट हुने सम्भावना प्रवल छ । र, यसपटक जोडी पनि स्थापित हुनेमा उनीहरु विश्वस्त छन् । फिल्मसँगै जोडी पनि हिट हुन सकेको अवस्थामा विपिन र वर्षाको करिअरका लागि राम्रै हुनेछ । तर, ४ वटा फिल्मसम्म पनि चर्चा नहुनु चाहिँ आश्चर्यजनक हो ।