मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५१औं दिनको संघारमा ‘परदेशी २’, ८ करोड हाराहारी कमाई

फिल्मीखबर, काठमाडौं, 2023/11/30

pardeshi 2

 

यस वर्षको बैशाख १ गतेदेखि प्रदर्शित फिल्म ‘जारी’पछि हलमा ५१औं दिने यात्रा तय गर्ने फिल्मको सूचीमा अब ‘परदेशी २’ पनि अटाउने भएको छ । फिल्मले यही शनिबार आधा दर्जन बढी हलमा ५१औं दिने दुर्लभ रेकर्ड बनाउन लागेको हो । काठमाडौंमा अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शनरत यो फिल्म बिहीबारसम्म आइएनआई सिनेमाजको नयाँ बानेश्वरमा पनि टिकेको थियो ।

त्यस्तै, उपत्यकाबाहिर बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा पनि फिल्म प्रदर्शनरत रहेको निर्माता राजेश वंशलले जानकारी दिएका छन् । फिल्मले अहिलेसम्म घरेलू बक्स अफिसमा ८ करोड हाराहारीको कमाई गरेको उनको दाबी छ ।

नेपालमा फिल्मले ५१औं दिन मनाउन लागिरहँदा विदेश प्रदर्शन पनि सुरु भएको छ । यूएई, बहराइन, कतार, इराक, ओमानसँगै माल्टा आदि देशमा फिल्म प्रदर्शनमा आइसकेको छ भने कुवेत, फिनल्याण्ड, स्पेन, जापान, अस्ट्रेलिया, यूके, हङकङ, क्यानडा, न्यूजल्याण्ड, भारत लगायतका देशहरुमा केही दिनमा प्रदर्शन हुँदैछ । अमेरिकाका विभिन्न सहरहरुमा भने प्रदर्शन भइरहेको छ ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश सपूत, नीर शाह, रमा थपलिया, दीलिप रायमाझी प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायतको अभिनय रहेको छ । युवापुस्तामा रहेको विदेश मोह र त्यसले परिवारसँगै नेपाली समाजमा पारिरहेको प्रभावको कथामा बनेको फिल्मलाई समीक्षा खराब र दर्शक प्रतिक्रिया मिश्रित मिलेको छ ।