मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चित्रा’मा यथार्थ र लार्जर द्यान लाइफको फ्यूजन छ : निर्देशक लामिछाने

फिल्मीखबर, काठमाडौं, 2023/12/02

निर्देशक घनश्याम लामिछानेको कथावाचन शैली पृथक मानिन्छ । विशेषगरि सामाजिक कथा भन्न रुचाउने उनले परम्परागत कथ्य संरचनालाई अपनाएका छैनन् । आफ्ना दुई फिल्म ‘धौली’ र ‘पञ्चेबाजा’मा उनले कथावाचनमा फरक प्रयास गरेका थिए । अब उनी निर्देशित नयाँ फिल्म ‘चित्रा’ आगामी पुष २७ गते प्रदर्शनमा आउँदैछ । यसमा पनि फरक शैलीमा कथा भनेको उनको दाबी छ ।

फिल्ममा उनले यथार्थ र लार्जर द्यान लाइफको फ्यूजनलाई आफ्नै शैलीमा ढालेका छन् । घनश्याम भन्छन्, ‘हामीले देखासिकी गरेर कथा देखायौं। अरुले भनेका कथाहरु भन्यौं । कथा भएनन् भनेर खोज्दै पनि हिँड्यौं । तर, हामीले घर-समाजकै कथालाई भनेनौं । ‘चित्रा’मा भने हामीले बाबु-छोरीको कथा भन्ने प्रयास गरेका छौं ।’ फिल्मको कथामा सबैले अपनत्व महसुस गर्ने उनको विश्वास छ ।

 

Ghanashyam Lamichhane


निर्देशक लामिछाने फिल्मको कथा यथार्थपरक रहे पनि प्रस्तुतिका हिसाबले मनोरञ्जनात्मक रहेको दाबी गर्छन् । ‘मैले यसअघिका फिल्ममा समाजको नजिक रहेर ऐना बन्ने प्रयास गरेको थिएँ । यसमा मैले प्रस्तुतिमा लार्जर द्यान लाइफ शैली समातेको छु र फिल्म मनोरञ्जान्त्मक बनाउने कोशिश गरेको छु । फर्स्ट हाफ यथार्थसँग धेरै नजिक छ र दोश्रो हाफ लार्जर द्यान लाइफ छ,’ उनले भने ।

मूलधारको फिल्ममा आएदेखि घनश्यामले कलाकार चाहिँ स्थापित नै खोज्ने गरेका छन्, जुन ‘चित्रा’मा पनि टुटेको छैन । तर, मुख्य भूमिकामा रहेका सन्तोष अधिकारीको भने यो डेब्यू फिल्म हो । निर्देशक लामिछाने सबै कलाकारको कामबाट सन्तुष्ट देखिन्छन् । उनलाई सबैभन्दा खुशी चाहिँ फिल्मकी बाल कलाकार आयुशी ढकालले दिइन् । आयुशीको कामबाट उनी प्रभावित भएका छन् ।

उनी नाटकमा कलाकार र सहायक निर्देशक हुँदै फिल्मको निर्देशक बनेका हुन् । उनले ‘प्रेम मिलन’ फिल्मबाट निर्देशनमा फड्को मारेका थिए । यसपछि गुरुङ फिल्म ‘रोधी’ निर्देशन गरे । मूलधारको पहिलो फिल्म भने उनको ‘धौली’ हो । फिल्म निर्देशनअघि उनी अंग्रेजीको प्राध्यापक थिए । फिल्मप्रतिको मोहले उनले शिक्षण पेशा नै छाडिदिए । अहिले पूर्णकालिन फिल्ममेकिङमा छन् ।