मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलले ‘मायावी’ भ्याए, म्यूजिक भिडियो थाले

फिल्मीखबर, काठमाडौं, 2023/12/04

Paul Shah

 

जेल जीवनभन्दा अघि अभिनेता पल शाहले लगभग एक्लैले म्यूजिक भिडियो इन्डस्ट्री धानेका थिए । उनी जेल गएपछि एकखालको सन्नाटा छाएको थियो । म्यूजिक भिडियो बन्न कम मात्र भएनन्, युट्युबमा भ्यूजकै समेत खडेरी देखिएको थियो । उनी जेलबाट रिहा भएपछि भने म्यूजिक भिडियो क्षेत्रमा चहलपहल फर्किएको छ । यो बीचमा उनले मात्र दुई दर्जनभन्दा बढी म्यूजिक भिडियो गरे ।

यसबीच, उनले आफ्नो कमब्याक फिल्म ‘मायावी’को समेत छायांकन पूरा गरिसकेका छन् । भदौदेखि उनले यो फिल्मलाई समय दिएका थिए । छायांकन सुरु हुनअघि पोखरामा अभिनेता अनुप बरालबाट ‘मेथर्ड एक्टिङ’ समेत सिकेका थिए । कमब्याक फिल्म भएकाले उनी ‘मायावी’लाई लिएर गम्भीर छन् । करिअरका लागि यो फिल्म व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाबमा उनी छन् ।

यही शनिबार पोखरामा फिल्मको छायांकन पूरा गरेका उनले आइतबारदेखि पाइपलाइनमा रहेका म्यूजिक भिडियोलाई समय दिन थालेका छन् । उनी पोखराबाटै एक म्यूजिक भिडियोका लागि घान्द्रक उक्लिए । अब उनी केही समय म्यूजिक भिडियोमा नै काम गर्ने योजनामा रहेको जनाइएको छ । फागुनदेखि उनले निर्देशक एभरेष्ट सूर्य बोहोराको नयाँ फिल्म ‘अवतार’लाई समय दिनेछन् ।

पल जेलबाट मुक्त भएपछि आफ्नै लगानीमा फिल्म बनाउने तयारीमा थिए । त्यसका लागि उनले ‘प्रकाश’ लेखक विकास सुवेदीको साहरा लिएका थिए । र, दुवैले फिल्म निर्देशनको प्रस्ताव दिनेश राउतलाई गरे । तर, स्क्रिप्ट लेखनमा केही समय लाग्ने भएपछि पल ‘मायावी’मा जोडिए । सम्भवतः पलले निर्देशक बोहोराको फिल्ममा काम गरिसकेपछि आफ्नै लगानीमा फिल्म बनाउन सक्नेछन् ।