मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एनिमल’ले तोड्यो ‘पठान’को रेकर्ड

एजेन्सी, मुम्बई, 2023/12/04

Ranbir Kapoor's

 

रिलिजपूर्व नै ‘रेकर्डब्रेक’ कलेक्सनको प्रक्षेपण गरिएको बलिउड सुपरस्टार रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले बक्स अफिसमा आफ्नो शक्ति देखाएको छ । ५४ करोड ७५ लाखको ओपनिङ गरेको फिल्मले अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ले विकेन्ड कलेक्सनमा बनाएको रेकर्डलाई समेत सजिलै तोडेको छ । र, फिल्मले तीन दिनमा १ सय ७६ करोडमाथि कमाएको छ ।

दोस्रो दिन ५८ करोड ३७ लाख कमाएको फिल्मले तेस्रो दिन बक्स अफिसमा ठूलो उछाल कायम ल्यायो । आइतबार फिल्मले ६३ करोड ४६ लाख कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । ‘पठान’ले विकेन्ड कलेक्सनमा १ सय ६१ करोड कमाएको थियो । उक्त रेकर्डलाई ध्वस्त पार्दै ‘एनिमल’ बलिउडकै इतिहासमा दोस्रो ठूलो विकेन्ड कलेक्सन गर्ने फिल्म बनेको छ ।

साउथ इन्डियन भाषाको कलेक्सन पनि जोड्ने हो भने फिल्मले तीन दिनमा २ सय करोड कमाएको छ । फिल्मको व्यापारलाई ट्रेड एनालिस्ट आदर्शले तुफानको संज्ञा दिएका छन् । सोमबारबाट भारतमा कामकाजी दिन सुरु भएकाले फिल्मले ४० करोड हाराहारी कमाउने प्रक्षेपण गरिएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रै रहेकाले एक हप्तामै साढे ३ सय करोडको आँकडा नाघ्ने देखिन्छ ।

फिल्मलाई ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन् । रणवीरको एक्सन र अभिनयको प्रशंसा भइरहेको छ । तर, कथावाचनमा फिल्म चुकेको भन्दै समीक्षकले आलोचना गरेका छन् । फिल्मको पहिलो हाफ सशक्त छ । मध्यान्तरपछि भने औसत छ । अनिल कपूर, बबी देओल, रश्मिका मन्दाना, तृप्ति डिमरीलगायतको पनि फिल्ममा मुख्य भूमिकामा अभिनय छ ।