मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेड पान्डाको खोजीमा पूर्वी नेपालमा ‘सनम तेरी कसम’ हिरो

फिल्मीखबर, काठमाडौं, 2023/12/06

harshvardhan rane (1)

 

बक्स अफिसमा फ्लप तर युट्युबमा सर्वाधिक रुचाइएको बलिउड फिल्म ‘सनम तेरी कसम’बाट चर्चामा आएका अभिनेता हर्षवर्धन राणेको नेपालमा पनि राम्रो क्रेज छ । गत वर्ष साथीको विवाहमा सहभागी हुन नेपाल आउँदा काठमाडौंको एक रेस्टुराँमा उनलाई हेर्नकै लागि युवायुवतीहरुको ठूलो भीड लागेको थियो । र, उनले नेपाली फ्यानहरुप्रति दर्शाएको प्रेमको धेरैले प्रशंसा गरेका थिए ।

उनी दोस्रोपटक नेपाल आएका छन् । यसपटक उनको उद्देश्य भने फरक छ । उनी दुर्लभ वन्यजन्तु रेड पान्डाको खोजीमा नेपाल आएका हुन् । उनले मंगलबार इन्स्टाग्राम स्टोरीमार्फत् रेड पान्डाको खोजीमा आफू पूर्वी नेपालमा रहेको जानकारी गराएका छन् । फोटोग्राफीका निकै सौखिन रहेका राणे भारतको पश्चिम बङ्गाल हुँदै रेड पान्डाको तस्वीर लिनकै लागि पूर्वी नेपाल आइपुगेका हुन् ।

नेपालको ताप्लेजुङ, पाँचथर र इलाम आसपास रेड पान्डा पाइन्छ । एक तथ्यांकका अनुसार यी तीन जिल्लामा रेड पान्डाको कुल संख्याको २५ प्रतिशत रहेको छ । यसैले राणे रेड पान्डाको खोजी गर्दै पूर्वी नेपाल पुगेका हुन् । यसअघि काठमाडौं आउँदा पनि उनले क्यामेरा लिएर विभिन्न धार्मिक स्थल पुगेका थिए । उनी फोटोग्राफीकै लागि विदेशका विभिन्न ठाउँ समेत जाने गरेका छन् ।

 

harshvardhan rane (2)


उनी बलिउडका चल्तीका अभिनेतामा भने गनिँदैनन् । ‘सनम तेरी कसम’ले नै उनको अस्तित्व बनाइरहेको छ । यो फिल्मयता राणे सहायक चरित्रमै सीमित छन् । तेलुगू फिल्म ‘थाकिता थाकिता’बाट अभिनय करिअर सुरु गरेका उनले ‘तारा भर्सेस बिलाल’, ‘हसीन दिलरूबा’, ‘तैश’, ‘अवुनु’, ‘पल्टन’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनलाई बलिउडमा ‘फिटनेश हिरो’ समेत भनिन्छ ।