मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिट द मेकर्स’ सम्मेलनमा निशानको विदेशी मेकरलाई नेपालमा छायांकन गर्न आग्रह

फिल्मीखबर, काठमाडौं, 2023/12/07

विश्वभरका फिल्मकर्मी र मिडियाकर्मीहरुको सम्मेलन ‘फोकस २०२३, मिट द मेकर्स’मा नेपालबाट सम्पादक तथा निर्देशक निशान बाबु घिमिरेले सहभागिता जनाएका छन् । ‘द लोकेशन गाइड लण्डन’को आयोजनामा लण्डनस्थित विजनेस डिजाइन सेन्टरमा यही डिसेम्बर ५ र ६ सम्म भएको सम्मेलनमा उनलाई आयोजकले लामो अध्ययन तथा केही चरणको वार्तालापपछि छनोट गरेका थिए ।

 

nishan ghimire 2


नेपाल म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष रहेका निर्देशक घिमिरेले नेपाल र नेपाली संस्कृतिलाई झल्काउन तथा नेपाली फिल्मबारे विदेशी मेकरलाई जानकारी दिलाउन सम्मेलनमा एउटा स्टल राखेका थिए । जहाँ अन्य देशका सहभागीहरुले नेपालका विभिन्न छायांकन स्थल, संस्कृति झल्काउने तस्वीर तथा भिडियोहरु, नेपाली फिल्म र म्यूजिक भिडियोको अवलोकन गरेका थिए ।

लण्डनबाट निशाल भन्छन्, ‘नेपाली फिल्म विश्व बजारका अन्य फिल्मभन्दा कमजोर छैनन् । नेपालमा विदेशी फिल्म छायाङ्कन गर्न प्रशस्त स्थलसहित अनुकूल वातावरण रहेकोले विदेशी फिल्मकर्मीहरुलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्न र छायाङ्कनका लागि नेपाल आउन आह्वान गर्दै सहजीकरणका लागि प्रतिबद्धता पनि जनाएँ । र, विदेशी मेकर सकारात्मक छन् ।’

लण्डन जानुभन्दा अघि निशानले सम्मेलनका बारेमा चलचित्र विकास बोर्डलाई जानकारी गराएपछि बोर्डले उनलाई स्टलका लागि आवश्यक ‘फिल्मिङ इन नेपाल’ पुस्तकसहितका केही महतत्वपूर्ण दस्तावेज उपलब्ध गराएको थियो । उनका अनुसार, सम्मेलनमा सहभागी भएका विश्व प्रतिष्ठित मार्भल स्टुडियो, नेटफ्लिक्सका प्रतिनिधिहरुले नेपाल र नेपाली फिल्मको बारेमा चासो राखेका थिए ।

 

nishan ghimire 2


‘मैले स्टलमा ‘द सोल अफ द हिमालयज’को व्यानर राखेको थिएँ । र, बोर्डले उपलब्ध गराएको ‘फिल्मिङ इन नेपाल’ पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरु नेपालको सुन्दरता देखेर प्रभावित भएका थिए,’ निशानले भने ‘केही देशका फिल्ममेकरहरु डकुमेन्ट्री खिच्नका लागि नेपाल आउँछु भनेका छन् ।’ निशान चाँडै फिल्म ‘मूना’को निर्देशन र सम्पादनको तयारीमा रहेका छन् ।