मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर २३ देखि सुरु हुँदै ‘मानव अधिकार चलचित्र महोत्सव’

फिल्मीखबर, काठमाडौं, 2023/12/07

human rights film festival

 

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मंसिर २३ गतेदेखि काठमाडौंमा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । महोत्सवको ११औं संस्कारण मंसिर २६ गतेसम्म प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजना हुने जनाइएको छ । यसपटक महोत्सवको नारा भने ‘सामूहिक अधिकार’ भन्ने छ ।

महोत्सवको सुरुवात सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’बाट गरिनेछ । विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरु महोत्सवमा प्रदर्शन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । महोत्सवमा मानव अधिकारका विषयमा निर्माण भएका फिचर/सर्ट फिल्म तथा वृत्तचित्रहरु मात्र प्रदर्शन गरिनेछ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । जुरीबाट छानिएका उत्कृष्ट पाँच फिल्महरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित महोत्सवमा पुरस्कार प्रदान गरिनेछ भने एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवमा फिल्म प्रदर्शनका साथै फिल्मकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस पनि हुनेछ । महोत्सव निर्देशक खत्री महोत्सवले नेपाली फिल्म र फिल्मकर्मीलाई ‘एक्सपोजर’को अवसरसँगै मानव अधिकारको विषयलाई सशक्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार, यस वर्ष महोत्सवका लागि ८७ देशबाट ९ सय ज्यादा फिल्मको आवेदन परेको थियो ।