मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मबाट ५ वर्ष किन टाढिएकी थिइन् करिश्मा ?

फिल्मीखबर, काठमाडौं, 2023/12/08

Karishma Shrestha

 

करिश्मा श्रेष्ठ आफ्नो अभिनयले भन्दा प्रेम र ब्रेकअपका कारण ‘लाइमलाइट’मा रहेकी अभिनेत्री हुन् । अभिनेता सलोन बस्नेतसँग उनको प्रेम र ब्रेकअप कुनै बेला सुपरहिट थियो । तर, दुवैले अभिनय गरेका तीन फिल्म भने व्यावसायिक रुपमा सफल भएनन् । फिल्म ‘बाबु कान्छा’ रिलिजपछि उनको सलोनसँग ब्रेकअप भयो । यसपछि उनको फिल्मसँग पनि ब्रेकअपजस्तै देखिएको थियो ।

५ वर्ष गुमनामझैँ देखिएकी उनी अहिले एकाएक चर्चामा छिन् । त्यसको कारण प्रेम सम्बन्ध नभइ, फिल्म हो । उनले ‘मायावी’बाट पुनरागमन गरेकी छन् । एक हप्ताअघि उनले पोखरामा यो फिल्मको छायांकन भ्याइसकेकी छन् । यसलगत्तै उनी नयाँ फिल्ममा आबद्ध भएकी छन् । उनको अभिनय रहने फिल्म ‘११ः५५’को बिहीबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो ।

सलोनसँग ब्रेकअपछि उनले फिल्म पाउन छाडेको चर्चा चलेको थियो । तर, उनी यसलाई ठाडै नकार्छिन् । अझ राम्रो तयारी गर्न र अध्ययनले गर्दा पनि केही समय फिल्म गर्न नपाएको उनी बताउँछिन् । आफूले राम्रो कथावस्तु कुरेर बसेकाले पनि कमब्याकका लागि ढिलाई भएको उनको जिकिर छ । तर, सलोनसँग टाढिएकै कारणले फिल्म नपाएको भन्ने कुरा मान्न भने उनी तयार छैनन् ।

‘११ः५५’को घोषणामा पत्रकारसँगको कुराकानीमा उनले भनेकी छन्, ‘सलोनजीसँग टाढिएपछि म हराए भन्ने धेरैलाई लागेको होला । तर, त्यस्तो केही पनि हैन । त्यो कुराले मलाई असर गरेको छैन ।’ उनले सलोन पिता बन्न लागेको खबरले आफू खुसी रहेको पनि बताएकी छन् । उनले बधाई समेत दिएकी छन् । सलोनसँग उनले ‘एउटा साथी’, ‘लभ सब’ र ‘बाबु कान्छा’मा काम गरेकी थिइन् ।