मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलजस्तो हिरो भनिएपछि इओन भन्छन्, ‘हाइट मिल्ला तर फेस मिल्दैन’

फिल्मीखबर, काठमाडौं, 2023/12/14

संसारमा अनुहारको रुपरंग र शारीरिक ढाँचा उस्तै भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । तर, अभिनेता अनमोल केसीका भने नेपालमै एकपछि अर्को मिल्दोजुल्दो अनुहार भएकाहरु भेटिरहेका छन् । केही समयअघि अनमोलको ‘डुब्लिकेट’ भन्दै अभिषेक श्रेष्ठ चर्चामा आएका थिए । उनले फिल्म पनि खेलिसके । यतिबेला इओन लिम्बूलाई पनि अनमोलको छायाँ भनिन थालिएको छ ।

उनले यही शुक्रबार अर्थात् मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’बाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । फिल्म प्रचारको शिलशिलामा प्रायः मिडियाहरुले पटक-पटक उनलाई अनमोलजस्तो देखिने हिरो भन्दै चिनाइरहेका छन् । तर, इओनलाई भने आफू अनमोलजस्तो देखिन्छु भन्ने लाग्दैन । हाइट (कद) मिल्न सक्ने भए पनि अनुहार नमिल्ने इओनको तर्क छ ।

 

Eon Maden Limbu


उनी भन्छन्, ‘अनमोल केसीसँग मेरो अनुहार मिल्छजस्तो लाग्दैन । अलि-अलि हाइट चाहिँ मिल्छ कि । नत्र फेस त मिलेको लाग्दैन । म इओनजस्तो नै छु ।’ उनी ‘दुई कदम’ पहिलो फिल्म भएकाले आफ्नो लागि निकै महत्त्वपूर्ण रहेको बताउँछन् । फिल्म सफल हुनेमा उनी विश्वस्त पनि छन् । कथमकदाचित असफल भए आफ्नो कमी-कमजोरीलाई औंल्याएर सुधार गर्ने इओनको अठोट छ ।

‘सबै कलाकारलाई आफ्नो फिल्म दर्शकले मन पराउनुहोस् र बक्स अफिसमा पनि राम्रो गरोस् भन्ने हुन्छ नै । मैले आफ्नो तर्फबाट सकेको प्रयास गरेको छु । फिल्म राम्रो चल्यो भने त राम्रो भैहाल्यो । चलेन भने म आफ्नो कमी-कमजोरी औंल्याउने छु । मैले के कुरामा अझ आफूलाई निखार्नुपर्छ भनेर त्यसमा लाग्नेछु । फिल्म चलेन अब करिअर सकियो भनेर चाहिँ म बस्दिनँ,’ इओन सुनिए ।

स्क्रिप्टभन्दा झन् उत्कृष्ट फिल्म बनेको छ भन्ने उनलाई लागेको छ । उनी आफ्नो कामबाट पनि सन्तुष्ट देखिन्छन् । राम्रो इन्टरटेन्मेन्ट भ्यालू भएको फिल्म चन्न रुचाउने इओन फिल्ममा प्रेमसँगै एउटा समुदायको कथालाई भनिएको दाबी गर्छन् । एक हिसाबले फिल्म ट्राभल लभस्टोरी रहेको पनि उनको भनाई छ । ट्राभलकै क्रममा हिरो-हिरोइनबीच भेट हुने र प्रेम अंकुराउने उनले बताएका छन् ।