मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक महिनापछि हलमा फर्किए नेपाली फिल्म

फिल्मीखबर, काठमाडौं, 2023/12/15

deu kadam and jump

 

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’पछि हलमा नेपाली फिल्मको उपस्थिति शून्य थियो । ठूला बलिउड फिल्मका कारण एक महिनादेखि नयाँ नेपाली फिल्म प्रदर्शनमा आउन सकेका थिएनन् । शुक्रबारबाट भने दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फरक विषयमा बनेका फिल्म हुन् । र, यसका लक्षित वर्ग पनि फरक छन् ।

सामाजिक प्रेमकथामा आधारित भएर बनेको ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गरेका हुन् । यो फिल्मबाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा तारा देवी लिम्बुको निर्माण रहेको फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन छ । विक्रम डिसीको छायांकन रहेको फिल्ममा आशिष अविरल, ताराप्रकाश लिम्बु तथा विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, कविराज गहतराज र रामजी लामिछानेको गीतमा कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन तथा प्रविन ढकालको सम्पादन छ ।

यसैगरी, साइकोलोजी-थ्रिलर जनरामा बनेको ‘जम्प’मा आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन छ । विनिता थापामगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन लगायतको अभिनय रहेको फिल्मको कार्यकारी निर्माता इशा खड्का हुन् । राष्ट्रिय धावक रहेका एक पात्रले अलौकिक शक्ति प्राप्त गरेपछि उत्पन्न परिस्थितिमा फिल्म केन्द्रित छ ।