मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘पगला घोडा’बाट मलिकाको नाटकमा डेब्यू, प्रमोदको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2023/12/17

Pagla Ghoda - Pramod - Malika

 

कुनै बेला नेपाली फिल्म र थिएटर (नाटक) दुई ध्रुवका मानिन्थे । दुवै क्षेत्रले एकअर्काको अस्तित्व स्वीकार गर्न सकिरहेका थिएनन् । तर, यतिबेला अलगै परिदृश्य छ । फिल्म र थिएटर दुवै समान रुपमा अगाडि बढिरहेका छन् । र, दुवै क्षेत्रमा कलाकार आदान-प्रदानको श्रृंखला चलिरहेको छ । यसअर्थ फिल्म र थिएटरबीचको वर्षौंदेखिको अघोषित दूरी समयसँगै विस्तारै मेटिँदै गएको छ ।

यसैक्रममा, अब अभिनेत्री मलिका महत नाटकमा भित्रिएकी छन् । नाटक ‘पगला घोडा’बाट उनले रंगमञ्चको दुनियाँमा उपस्थिति जनाउन लागेकी हुन् । नाटकमा उनका साथै अभिनेता प्रमोद अग्रहरीको पनि अभिनय रहनेछ । उनी थिएटर पृष्ठभूमिकै भए पनि फिल्ममा व्यस्तताका कारण करिब ४ वर्षदेखि नाटकबाट टाढा थिए । यो हिसाबले ‘पगला घोडा’ उनको नाटकमा कमब्याक हो ।

यही पुष १२ गतेदेखि माघ ६ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुने नाटक भारतीय नाटककार बादल सरकारको कथालाई नेपाली भाषामा अनुवाद गरेर देखाउन लागिएको हो । घनश्याम श्रेष्ठको निर्देशन रहेको नाटकमा आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी आदिको पनि अभिनय रहनेछ भने सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा छन् ।

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि अवस्थामा यही संवेदनशील विषयलाई नाटकमार्फत् प्रस्तुत गर्न लागिएको हो । यो नाटकले मानिसहरुलाई सचेत गराउने निर्देशक श्रेष्ठको विश्वास छ । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् भने आलेख सुपरिवेक्षक कलाकार आशान्त शर्मा हुन् । मलिका डेब्यू नाटकलाई लिएर उत्साहित छिन् ।