मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’मा पुजारी बन्दै आर्यन

फिल्मीखबर, काठमाडौं, 2023/12/19

aryan sigdel, pradeep khadka and paul shah

 

नेपाली कलाकारहरु एकआपसमा मिलेर काम गर्दैनन् भन्ने भाष्यलाई तोड्दै फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गर्दैछन् । सम्भवतः एक दशकपछि चलेका नायकहरुबीच यसप्रकारको समीकरण भएको हो । यसले फिल्म क्षेत्रलाई नै सन्देश दिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

आर्यन, प्रदीप र पल ‘कमर्शियल हिरो’ मानिन्छन् । तर, ‘पूजार सार्की’ नामले भने ‘नन् कमर्शियल’ सुनिन्छ । यसले गर्दा फिल्मप्रति धेरैमा चासो र कौतुहलता देखिएको छ । यसबीच, फिल्ममा आर्यन सिग्देलले निर्वाह गर्ने पात्रको बारेमा महत्त्वपूर्ण खुलासा भएको छ । फिल्ममा आर्यनले पुजारीको भूमिका निभाउन लागेको प्रदीपले सोमबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा खुलाएका छन् ।

उनी फिल्मबारे भन्छन्, ‘दिनेश दाईसँग ‘प्रकाश’पछि मेरो ट्यूनिङ मिलिरहेको छ । ‘पूजार सार्की’ चाहिँ एउटा पूजारीको यात्रा हो । फिल्ममा पूजारी आर्यन दाई हो । आर्यन दाईको क्यारेक्टरलाई म कसरी समस्यामा पार्छु या सहयोग गर्छु भन्ने कथाको फिल्म हो ।’ उनले आफ्नो भूमिकाको बारेमा भने खुलाएका छैनन् । तर, स्रोतका अनुसार फिल्ममा उनी सार्की समुदायको पात्रमा देखिनेछन् ।

आर्यनले यसअघि फिल्म ‘सुश्री’मा पण्डित परिवारमा हुर्किएको युवकको भूमिका निभाएका थिए । अब ‘पूजार सार्की’मा पूजारीको भूमिकामा प्रस्तुत हुने भएका छन् । उनको भूमिका दर्शकलाई रोचक हुने देखिन्छ । उनका लागि यो फिल्म निकै महत्त्वपूर्ण छ । विगत ६/७ वर्षदेखि उनी फिल्मको असफलतासँग जुधिरहेका छन् । यसअर्थ यो फिल्मको सफलता उनका लागि अनिवार्यझैँ छ ।