मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघदेखि असारसम्म दयाहाङका सात फिल्म

फिल्मीखबर, काठमाडौं, 2023/12/24

 

कुनै बेला अभिनेता राजेश हमालको फिल्ममा जुनखालको व्यस्तता हुने गर्थ्यो, लगभग त्यही अवस्था यतिबेला दयाहाङ राईको छ । यसैले त उनलाई ‘दोस्रो राजेश हमाल’ भन्ने गरिन्छ । लगातार फिल्मको सफलता र उम्दा अभिनय गर्ने भएकाले मेकरको रोजाईमा उनी परिरहेका हुन् । उनको व्यस्तता कुन हदसम्म छ भने अबको झण्डै एक वर्ष उनलाई एक दिन पनि फुर्सदले बस्ने समय छैन ।

यतिबेला दयाहाङको पाइपलाइनमा एक दर्जन हाराहारी फिल्म छन् भने रिलिजको तयारीमा रहेका फिल्म आधा दर्जन बढी छन् । जसले गर्दा उनलाई छायांकनमा समय दिने कि प्रचारमा हिँड्ने भन्ने अन्योल स्थित छ । अवस्था कस्तोसम्म आएको छ भने उनका फिल्म एउटै मितिमा भिड्न थालेका छन् । अब पनि फिल्मको संख्या घटाउन उनी गम्भीर नहुने हो भने यो समस्या अझ बढ्नेछ ।

अबको ६ महिनामा मात्र उनका ७ वटा फिल्म महिनैपिच्छे प्रदर्शन हुँदैछन् । आगामी माघ २६ मा त उनका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ भिड्न तयार देखिएका छन् । यसअघि उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’बीच पनि भिडन्त भएको थियो । फागुन २५ मा भने उनको ‘रंगेली’ प्रदर्शन हुँदैछ । र, आगामी चैत ३० गतेदेखि उनी अभिनीत फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आउँदैछ ।

यसैगरी, दयाहाङको आगामी वर्षको बैशाख २१ गते ‘मनसरा’, जेठ १८ गते ‘गाउँ आएको बाटो’ र असार २८ गते ‘घरज्वाइँ’ प्रदर्शन हुनेछन् । उनले काम गर्न लागेका फिल्मको सूची लामो भएकाले असारपछि पनि महिनैपिच्छे फिल्म रिलिजको सम्भावना देखिन्छ । धेरै फिल्म गर्दा एक-दुईवटा सफल हुनसक्छन् । तर, धेरै निर्माता डुब्ने खतरा हुन्छ । दयाहाङले यो पाटोलाई भने हेरेको देखिँदैन ।