मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हर्क साम्पाङको अभियानमा दयाहाङ, विल्सन र राजेशपायलको सहयोग घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/12/25

dayahang rai

 

धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माणका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराँती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राईले आर्थिक सहयोग गर्ने घोषणा गरे ।

उनीहरुले उक्त प्रतिमा निर्माणका लागि जनही एक/एक लाख रुपैयाँ सहयोग गर्न लागेका हुन् । त्यस्तै, गायक राजेशपायल राईले पनि एक लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । मेयर साम्पाङको उपस्थितिमा भएको छलफलमा शान्तिराम राई, सत्यकला राई, एलिसा राई, शम्भु राई लगायत पनि सहभागी थिए । उक्त प्रतिमा निर्माणका लागि २५ करोड लागत अनुमान गरिएको छ ।

दयाहाङले किराँतीहरुको सभ्यता, मूल्य-मान्यता र दर्शनसहितको सुम्निमा-पारुहाङको प्रतिमा निर्माण हुँदा देशको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई बाहिर लैजान सकिएको छैन । त्यसका लागि प्रतिमासँगै किराँती सभ्यतालाई प्रचार गर्ने अन्य चीज पनि स्थापना गर्नुपर्छ,’ उनले मेयर साम्पाङलाई सुझाव दिए ।