मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’को जापान र दक्षिण कोरिया रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2023/12/26

hattichap in japan and korea

 

केही वर्षदेखि नेपाली फिल्मलाई हलको व्यापारमा मात्र सीमित हुनुपर्ने अवस्था छैन । ओभरसिज मार्केट आम्दानीको बलियो स्रोत बनिरहेको छ । ठूला स्टारका फिल्म प्रदर्शनभन्दा अगावै विदेशमा महंगोमा बिक्री हुने गरेका छन् भने सफल फिल्मका सिक्वेल र सिरिजको त विदेश राइट्सबाटै लगभग लगानी उठ्छ । एकहिसाबले यतिबेला नेपाली फिल्म ओभरसिज मार्केटले नै धानेको छ ।

आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’का निर्माता किरण नेपाली पनि विदेश राइट्सबाट लगानीको ठूलो हिस्सा उठाउने प्रयासमा छन् । यस्तैमा, फिल्मको जापान र दक्षिण कोरिया गरी दुई देशमा प्रदर्शन अधिकार बिक्री भएको छ । दुवै देशका लागि टिम यूएनएले फिल्मको प्रदर्शन अधिकार लिएको हो । नेपालकै मितिमा यी देशमा पनि फिल्म प्रदर्शन हुनेछ ।

टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईं भन्छन्, ‘टिजर आएपछि जापान र दक्षिण कोरियामा फिल्मको पखाई अझ बढेको छ । यसले हामीलाई उत्साहित बनाएको छ । यी दुई देशमा फिल्म बक्स अफिसमै रिलिज हुन्छ ।’ अहिले जापान र दक्षिण कोरिया नेपाली फिल्मको बलियो बजार बनेको उनी बताउँछन् । फिल्मको यसअघि अष्ट्रलिया र न्यूजिल्याण्ड राइट्स बिक्री भैसकेको छ ।

सिमोस सुनुवार निर्देशित फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हलमा, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई आदिको पनि अभिनय छ । ‘हात्तीछाप’मा सुशान्त प्रजापतिको छायांकन र प्रदीप भारद्वाजको लेखन रहेको छ ।