मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि आर्यनलाई काखी च्याप्दै दिनेश

फिल्मीखबर, काठमाडौं, 2023/12/28

नेपाली फिल्म क्षेत्रमा केही निर्देशकले एउटै कलाकारलाई काखी च्यापेका धेरै उदाहरण छन् । नामै लिने हो भने रामबाबु गुरुङ र दयाहाङ राई, सन्तोष सेन र प्रदीप खड्का, सुदर्शन थापा र पूजा शर्मा, दीपेन्द्र के. खनाल र खगेन्द्र लामिछाने आदि पर्छन् । यो सूचीमा निर्देशक दिनेश राउतको नाम पनि छुट्दैन । कुनै बेला उनका फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ निर्विकल्पझैं मानिन्थे ।

दिनेशले डेब्यू फिल्म ‘आई एम सरी’मा नै आर्यनलाई लिएका थिए । यसपछि उनका दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा पनि आर्यन थिए । यी दुवै फिल्ममा नम्रता पनि थिइन् । ‘क्लासिक’पछि एक नयाँ फिल्मको तयारीको क्रममा दिनेश र आर्यनको सम्बन्ध चिसियो । त्यसपछि राउतले नम्रतालाई लिएर ‘पर्व’ र ‘प्रसाद’ निर्देशन गरे । अब फेरि उनले आर्यनलाई काखी च्याप्न थालेका छन् ।

 

Dinesh Raut


निर्देशक राउतले आगामी माघमा फिल्म ‘पूजार सार्की’को छायांकन गर्दैछन् । यसमा आर्यन मुख्य भूमिकामा देखिँदैछन् । उनको निर्देशन रहने अर्को नयाँ फिल्म ‘गाउँ नै रमाइलो’मा पनि आर्यन अनुबन्धित भैसकेका छन् । यसरी हेर्दा दिनेशले फेरि आर्यनलाई फिल्ममा डोर्‍याएर हिँड्न थालेको स्पष्ट देखिन्छ । आर्यनको करिअर कमजोर बनेकाले पनि उनले काँध थापेको हुनसक्ने चर्चा छ ।

त्यसो त आर्यन उनका संघर्षकालदेखिका साथी हुन् । दुवैको घर एउटै ठाउँमा छ । दिनेशलाई फिल्ममा स्थापित गराउन आर्यनको पनि ठूलो हात मानिन्छ । अहिले आर्यन करिअरको कमजोर अवस्थामा छन् । र, दिनेश ‘प्रसाद’ र ‘प्रकाश’पछि निर्देशनको फाँटमा अब्बल मानिन्छन् । ‘गाँस छाड्नु तर साथीको साथ नछाड्नु’ भन्ने भनाई यतिबेला दिनेश र आर्यनको हकमा लागू भएको देखिन्छ ।

दिनेशले आर्यनलाई मात्र होइन, अभिनेता प्रदीप खड्कालाई पनि काखी च्यापेर हिँडिरहेका छन् । उनले ‘प्रकाश’ प्रदीपलाई लिएर बनाएका थिए । अब उनको ‘पूजार सार्की’मा पनि प्रदीपले काम गर्दैछन् । राउतको अर्को नयाँ फिल्ममा पनि प्रदीपको सम्भावना बलियो छ । जसले गर्दा फिल्म क्षेत्रमा मधुरै स्वरमा भए पनि दिनेश राउतले ग्रुपिज्मलाई प्रसय दिइरहेको भन्ने सुनिन थालिएको छ ।