मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’मा नीताको पिता बन्न नेपाल आइपुगे ‘गजनी’ भिलेन

फिल्मीखबर, काठमाडौं, 2023/12/29

Pradeep Rawat

 

बलिउड र साउथ फिल्ममा नकारात्मक भूमिकामा देखिँदै आएका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा काम गर्नका लागि काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार इण्डिगो एयरलाइन्सको विमानमार्फत् काठमाडौं ओर्लिएका हुन् । उनी फिल्मको छायांकनका लागि चितवन पुगिसकेका छन् । पहिलोपटक नेपाली फिल्ममा काम गर्न लागेका उनको एक हप्ता छायांकन हुनेछ ।

‘ह्रस्व दीर्घ’मा प्रदीपले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिका निभाउनेछन् । फिल्ममा उनको भूमिका अर्थपूर्ण रहेको बताइएको छ । उनले बलिउड, साउथ, तमिल, तेलुगू, कन्नड, मलयालम, बंगाली गरी २ सय बढी फिल्ममा काम गरेका छन् । अब यो सूचीमा नेपाली फिल्म थपिनेछ । उनले बलिउडमा आमिर खानदेखि साउथमा प्रभासजस्ता धेरै सुपरस्टारहरुसँग स्क्रिन सेयर गरेका छन् ।

‘ह्रस्व दीर्घ’को ११ दिनदेखि चितवन क्षेत्रमा दोस्रो चरणको छायांकन भैरहेको छ । फिल्ममा प्रदीपसँगै साउथका नामी कलाकारहरु ब्रम्हानन्दम, अली, सुनिल वर्मा, कबीर दुहान सिंहको पनि टोली छ । ब्रम्हानन्दम र अलीले आफ्नो भागको छायांकन अघिल्लो वर्ष नै भारतस्थित रामोजी फिल्म सिटीमा पूरा गरिसकेका छन् । अब कबीर शनिबार फिल्मको छायांकनका लागि नेपाल आउँदैछन् ।

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नीताका साथै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । भारतका छायाँकार कवीरलालले खिचिरहेको फिल्मका निर्माता नीता र हरिहर दम्पती हुन् । यो फिल्मको लागत ७ करोड पुग्ने अनुमान छ ।