मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एनिमल’ले चर्चामा तृप्ति, छायाँमा रश्मिका

एजेन्सी, मुम्बई, 2023/12/30

Rashmika Mandanna and Triptii Dimri

 

बलिउडमा यतिबेला कुनै फिल्म चर्चामा छ भने त्यो ‘एनिमल’ हो । एकातिर फिल्मले विश्व बजारमा ‘रेकर्डब्रेक’ कलेक्सन गरेको छ भने अर्कोतिर केही दृश्य र संवादका कारण विवाद पनि उत्कर्षमा छ । रणवीर कपूर र बबी देओलका लागि यो फिल्म सञ्जीवनी बुटीसरह भएको छ । यही फिल्मबाट तृप्ति डिमरी रातारात स्टार बनेकी छन् । उनले यो फिल्मबाट पाएको चर्चा अद्भुत देखिन्छ ।

फिल्ममा तृप्तिको रोल १५ मिनेटको छ । तर, उनी सबैमाथि भारी परेकी छन् । फिल्म रिलिजपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नेसनल क्रस’को संज्ञा दिएका छन् । आईएमडीबीमा त उनी सबैभन्दा लोकप्रिय सेलिब्रेटी बनेकी छन् । फिल्म रिलिजअघि उनलाई इन्स्टाग्राममा ६ लाखले पछ्याएका थिए । अहिले त्यो संख्या ४५ लाख पुगेको छ । यसले पनि उनको लोकप्रियता बोल्छ ।

फिल्ममा तृप्ति र रणवीरबीचको प्रेम देखाइएको छ । र, उनीहरुबीचमा धेरै अन्तरंग दृश्य छन् । तृप्तिका केही दृश्यले विवाद समेत निम्त्याएको छ । तर, विवादले उनलाई थप लोकप्रिय बनाइरहेको छ । ‘एनिमल’ले तृप्तिलाई ठूलो चर्चा दिलाउँदा अभिनेत्री रश्मिका मन्दाना भने छायाँमा परेकी छन् । त्यसो त फिल्ममा उनी ‘शो पिस’मा मात्रै सीमित भएको टिप्पणी भारतीय मिडियाले गरेका छन् ।

 

Triptii Dimri


‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाका भाई तथा निर्माता प्रणय रेड्डी भांगाले समेत रश्मिकामाथि तृप्ति भारी परेको तर्क गरेका छन् । यतिबेला तृप्तिलाई फिल्म अफरको बाढी छ । केही दिनअघि उनी फिल्म ‘आशिकी’को तेस्रो श्रृंखलामा अभिनेता कार्तिक आर्यनको अपोजिटमा अनुबन्ध भइसकेकी छन् । उनले यसअघि ‘लैला मजनू’, ‘बुलबुल’ र ‘कला’ फिल्ममा काम गरिसकेकी छन् ।