मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिनमान बनियाँ : व्यवसायमा जम्दै, फिल्मसँग टाढिँदै

फिल्मीखबर, काठमाडौं, 2023/12/30

Salin Man Bania

 

फिल्मसँग टाढिनु कलाकारहरुको आ-आफ्नै कथा हुन्छन् । कसैलाई व्यक्तिगत जीवनले फिल्मबाट टाढा राख्छ । कोही फिल्मको श्रृंखलाबद्ध असफलताले स्वतः किनारा लाग्छन् । तर, फिल्ममा राम्रो करिअर हुँदाहुँदै त्यसबाट टाढिएर बस्ने इच्छा कसलाई हुन्छ होला र ? यदि त्यो भए पनि कि स्वइच्छा कि बाध्यताले हुन्छ । अभिनेता सलिनमान बनियाँको हकमा भने स्वइच्छा बढी देखिन्छ ।

अग्लो कद, कोरियन लुक्स, ‘यूनिक’ हेयर स्टाइल र स्टाइलिस ड्रेसअपले पहिलो फिल्म ‘ए मेरो हजुर २’बाटै सलिन ‘स्टार’को रुपमा उदाएका थिए । अभिनयलाई लिएर उनको आलोचना नभएको होइन । तर, उनको पृथक आवरणले चल्तीका चकलेटी हिरोहरुको भीडमा अलग पहिचान बन्यो । युवापुस्तामा उनको उल्लेख्य क्रेज देखियो । मेकरहरु पनि सलिनमानलाई फिल्ममा लिन झुम्मिए ।

‘ए मेरो हजुर २’ रिलिजको करिब ६ महिनापछि उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’मा काम गरे । सम्भवतः यो फिल्म व्यावसायिक रुपमा सफल भैदिएको हुन्थ्यो भने फिल्ममा उनको यात्रा नरोकिन सक्थ्यो । तर, ‘यात्रा’को ठूलो असफलतापछि उनले फिल्मबाट नै दूरी बनाएका छन् । उनलाई फिल्म अफरको अहिले पनि अभाव छैन । तर, उनी आफैंले फिल्म गर्ने इच्छा नदेखाएको बताइन्छ ।

फिल्मबाट टाढिँदै गएका सलिन यतिबेला व्यवसायमा जमिरहेका छन् । हालै उनले बसन्तपुरमा एक रेस्टुरेन्ट खोलेका छन् । त्यसो त उनको पारिवारिक पृष्ठभूमि नै व्यापारिक हो । यसैले उनी पनि ‘विजनेशम्यान’ बन्ने प्रयासमा छन् । व्यवसायलाई काँध थाप्दै गर्दा फिल्मसँग भने उनको दूरी बढेको छ । यो दूरी बढ्दै गए कुनै दिन सलिन नेपाली फिल्मका ‘गुमनाम नायक’ नबन्लान् भन्न सकिन्न ।