मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४० कटेपछि हिरो बनेका सन्तोष भन्छन्, ‘क्षमता भए उमेर तगारो बन्दैन’

फिल्मीखबर, काठमाडौं, 2023/12/31

santosh adhikari

 

एउटा चर्चित गीत छ, ‘४० कटेसी रमाउला ।’ उमेरले ४० पछिको अंक ऊर्जावान् समय हो । यो उमेरमा मानिसहरु आफ्नो हरेक इच्छा-चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । सन्तोष अधिकारीले पनि ४० कटेपछि आफूभित्र वर्षौंदेखि हुर्किरहेको हिरो बन्ने चाहना पूरा गरेका छन् । उनको पहिलो फिल्म ‘चित्रा’ यही पुष २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

४० कटेपछि फिल्ममा भएको डेब्यूलाई उनले स्वभाविक रुपमा लिएका छन् । उनी भन्छन्, ‘कुनै पनि काम सुरु गर्न कहिल्यै ढिला हुँदैन । सुरु नै नगर्नु चाहिँ समस्या हो । कुनै काम ढिलागरी सुरु गर्ने म पहिलो होइन ।’ कुनै पनि कुराको कल्पनामा रमाउनुभन्दा त्यसलाई साकार बनाउनुमा आनन्द महसुस हुने उनको बुझाई छ । उनी पनि आफ्नो कल्पनालाई साकार बनाएकोमा खुसी छन् ।

उनलाई लाग्छ सबै चीजको तुलना उमेरबाट हुँदैन । आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नबन्ने उनको जिकिर छ । उनी भन्छन्, ‘लक्ष्य कति कठिन वा असहज छ भनेर यात्रा गर्न डराउने मान्छे होइन । म त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ ।’ ‘चित्रा’बाट अभिनय र एक्सन गर्न सक्ने हिरोको पहिचान मिल्नेमा उनी विश्वस्त छन् । फिल्ममा सन्तोष बाबुको भूमिकामा छन् ।
 
धनश्याम लामिछानेद्वारा निर्देशित फिल्ममा सन्तोषका साथै मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल आदिको पनि अभिनय छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्मका छायाँकार महेश पौडेल हुन् ।