मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कालो चश्मा’को रिमेक भर्सनलाई गालीको वर्षा

फिल्मीखबर, काठमाडौं, 2024/01/03

अचेल पुराना लोकप्रिय गीतलाई रिमेक गरेर फिल्ममा राख्ने होडबाजी छ । यसले फिल्मको हाइप बनाउन सघाउने विश्वास मेकरमा देखिन्छ । तर, रिमेक गीत सुप्रिनेभन्दा विग्रने धेरै छन् । संगीत र गायनको कमजोरीका कारण प्रायः रिमेक गीतले दर्शकको गाली खाएका छन् । हुन त कालजयी गीतलाई रिमेक गर्दा त्यही मीठास हुँदैन । तर, रिमेकको नाममा गीत बेच्ने काम मात्र भैरहेको छ ।

 

Parkhi Base Timilai


निर्देशक दीपक श्रेष्ठले पनि आफ्नो नयाँ फिल्म ‘पर्खि बसें तिमीलाई’मा २ दशकअघिको सफल फिल्म ‘बादलपारी’को ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’ गीतलाई रिमेक गरेर राखेका छन् । तर, जुन अपेक्षाले गीतलाई रिमेक गरिएको थियो, नतिजा भने त्यसको विपरित आएको छ । न गीतले चर्चा बटुल्न सकेको छ न त दर्शकबाट ताली पाएको छ । बरु गीतलाई गालीको वर्षा छ ।

प्रमोद खरेल र मिलन नेवारको युगल स्वर रहेको रिमेक गीतमा शम्भुजित बाँस्कोटाको संगीत तथा सुरेन्द्र रानाको शब्द रचना छ । ओरिजिनल गीतमा पनि शम्भुजितकै संगीत थियो । तर, रिमेक गीतलाई उनले आधुनिकल शैलीमा ढाल्दा दर्शकबाट अप्रत्यासित रुपमा आलोचना भैरहेको छ । युट्युबमा धेरैजसोले एउटा कालजयी गीतको चिरहरण गर्ने प्रयास भएको प्रतिक्रिया जनाएका छन् ।

गीतमा गायन पक्षको पनि आलोचना भैरहेको छ । ओरिजिनल गीतमा उदित नारायण झा र दीपा झाको स्वर थियो । रिमेक गीतमा प्रमोद र मिलनको स्वरले न्याय नगरेको टिप्पणी धेरै दर्शकको छ । भिडियोमा पनि प्रश्न उठेका छन् । गीतअनुसार कलाकारहरुको नृत्य नदेखिएको प्रतिक्रिया गीतको युट्युब कमेन्टमा धेरै भेटिन्छ । गीतले गाली बढी कमाउँदा निर्माण टिममा तनाव थपिएको छ ।

युट्युबमा गीतको भ्यूज पनि दयनीय छ । एउटा कालजयी बनेको गीतको रिमेक भर्सनलाई युट्युब रिलिजको एक महिनामा ३ लाख भ्यूज पनि मिलेको छैन । त्यसो त फिल्मको न ट्रेलर न अरु गीतको भ्यूज अपेक्षाकृत छ । जसले गर्दा फिल्मको हाइप उकासिन सकेको छैन । प्रचार पनि शून्यझैँ देखिएकाले फिल्मलाई जाडोको मौसममा घरेलू बक्स अफिस तताउन निकै चुनौतीपूर्ण देखिन्छ ।