मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुसु’बाट निर्देशनमा डेब्यू गर्दै नवराज

फिल्मीखबर, काठमाडौं, 2024/01/03

Navaraj Shrestha

 

अभिनेता नवराज श्रेष्ठले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनले फिल्म ‘लुसु’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । दी पाल्म ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शेखर लामा छन् । शेखरले बुधबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका छन् । पदम विश्वकर्माको लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने जनाइएको छ ।

आगामी फागुनदेखि नेपाल र अमेरिकामा छायांकनको तयारी गरिएको फिल्मको केही समयदेखि प्रि-प्रोडक्सनको काम भइरहेको छ । फिल्मका लागि मुख्य कलाकार र प्राविधिक टिम केही दिनमा सार्वजनिक गरिने नवराजले जानकारी दिए । फिल्ममा स्थापित कलाकार लिने उनको तयारी छ । अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने उनी बताउँछन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका श्रेष्ठले फिल्म ‘बादल’ (१९९४)बाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसयता उनले ‘गुड लक’, ‘जन्मभूमि’, ‘स्काउट’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनीसँग केही म्यूजिक भिडियो र विज्ञापनमा पनि काम गरेको अनुभव छ । नवराजले ‘लुसु’को कथा सुनेपछि यसलाई आफैंले भन्नुपर्छ भन्ने लागेर निर्देशन गर्ने आँट गरेको बताएका छन् ।