मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अलपत्र नीतिको फिल्म डेब्यू

फिल्मीखबर, काठमाडौं, 2024/01/04

Niti Shah

 

सौन्दर्य प्रतियोगिताको जगमा उभिएर धेरैले फिल्ममा डेब्यूको अवसर पाएका छन् । यो सूचीमा प्रियंका कार्कीदेखि सृष्टि श्रेष्ठसम्म पर्छन् । तर, एकाधको मात्र फिल्ममा राम्रो करिअर बनेको देखिन्छ । तर पनि सौन्दर्य प्रतियोगिताको बाटो भएर फिल्ममा प्रवेश गर्नेको संख्या घटेको छैन । सन् २०१७ की ‘मिस इन्टरनेशनल’ नीति शाह पनि यतिबेला फिल्ममा भविष्य बनाउने प्रयासमा छिन् ।

‘मिस इन्टरनेशनल’ भएपछि उनको सुन्दरताको चर्चा चुलिँदा फिल्म अफर पनि चुलिएको थियो । कयैन् प्रतिष्ठित ब्यानरले उनलाई फिल्म अफर गरेका थिए । त्यसबेला उनले फिल्ममा काम गर्ने इच्छा नै देखाइनन् । जब फिल्म गर्न तयार भइन्, तबदेखि उनको डेब्यू नै अलपत्र परेको छ । उनले ‘ब्याक टू ब्याक’ फिल्म सम्झौता गरिरहेको भए पनि अभिनेत्री बन्ने सपना पूरा हुन सकेको छैन ।

उनले सबैभन्दा पहिला फिल्म ‘हुतुतु’ सम्झौता गरेकी थिइन् । यसपछि ‘एक्स ९’मा जोडिइन् । तर, यी दुवै फिल्म निर्माण हुने संकेत नदेखेपछि उनले डेब्यूका लागि ‘कामिनो’ छनोट गरिन् । यो फिल्मको पनि बन्न सकेन । यसपछि नीतिले निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ रोजिन् । तर, अन्तिम समयमा अभिनेता अनमोल केसीले हात झिकेपछि यो फिल्म पनि निर्माण हुन सकेको छैन ।

चारवटा फिल्म सम्झौता गर्दा समेत नीतिको डेब्यू अन्योलग्रस्त छ । स्रोतका अनुसार, यतिबेला उनले ‘रावायण’ नै पर्खिरहेकी छन् । निर्देशक थापाले अर्को अभिनेता लिएर फिल्म बनाउन लागेको चर्चा छ । तर, सम्झौता गरेका हरेक फिल्म समस्यामा अल्झिरहँदा फिल्मप्रति उनको रुचि नै डगमगाउन थालेको छ । त्यसो त नीतिको अधैर्य स्वभावले डेब्यू अलपत्र परेको समेत टिप्पणी हुने गर्छ ।