मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 1.33/5.00)
Text size:-
+
-

छोरीलाई हिरोइन बनाउन पिताले बनाएको ‘पर्खि बसें तिमीलाई’

फिल्मीखबर, काठमाडौं, 2024/01/05

भनिन्छ, ‘सन्तानको इच्छा पूरा गर्न बाबु-आमाले हरसम्भव प्रयास गर्छन् ।’ नेपाली फिल्म क्षेत्रमै यस्ता धेरै उदाहरण छन् । परिवारले ऋणधन गरेरै भए पनि सन्तानको हिरो वा हिरोइन बन्ने इच्छा पूरा गर्न फिल्म बनाएका छन् । जसलाई फिल्म क्षेत्रमा ‘नातावाद’को संज्ञा दिने गरिन्छ । रिलिजको दैलोमा रहेको ‘पर्खि बसें तिमीलाई’ पनि छोरीलाई हिरोइन बनाउन पिताले लगानी गरेको फिल्म हो ।

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले मुख्य भूमिकामा काम गरेका छन् । रक्षाका पिता राजाराम बुढाथोकी फिल्मका निर्माता हुन् । यसले के देखाउँछ भने राजारामको फिल्ममा सिर्फ छोरीका लागि लगानी भएको हो । त्यसैले उनलाई यो फिल्म छोरीका लागि भए पनि सफल हुन जरुरी छ । र, रक्षाले पनि अभिनयमा आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

 

Rakshya Budhathoki


यतिबेला निर्माण टिमले रक्षालाई नव-अभिनेत्री भनेर भजाइरहेको देखिन्छ । तर, उनी नव-अभिनेत्री भने होइनन् । उनले यसअघि फिल्म ‘लाखे’मा सहायक अभिनेत्रीको रुपमा काम गरिसकेकी छन् । यद्यपि, यो फिल्मले उनलाई चर्चामा ल्याउन सकेन । नयाँ कलाकारको रुपमा चिनाउँदा धेरैको चासो रहने भएकाले पनि उनलाई ‘पर्खि बसें तिमीलाई’मा त्यसरी प्रस्तुत गरिएको हुनसक्छ ।

छोरीका लागि निर्माता बुढाथोकीले म्यूजिक भिडियो र सर्ट फिल्ममा समेत लगानी गरेका छन् । रक्षाले पल शाहसँग खेलेको ‘डोली जन्ती’ म्यूजिक भिडियोमा उनले लगानीसँगै अभिनय पनि गरेका छन् । यस्तै, पुष्प खड्कासँग रक्षाले काम गरेको ‘आकाशको जुन’ गीतमा पनि उनको लगानी छ । रक्षाले खेलेका एउटा तीज गीत र ‘रक्षाको भाईटीका’ सर्ट फिल्ममा पनि राजाराम नै निर्माता छन् ।

सन्तानका लागि परिवारले फिल्ममा लगानी गर्नु गलत भने होइन । त्यसबाट राम्रो कलाकार जन्मिँदा फिल्म क्षेत्रलाई नै फाइदा पुग्छ । तर, फिल्ममा टिकिरहन परिवारले लगानी गरेकै भरमा सम्भव हुँदैन । त्यसका लागि अभिनय क्षमता अनिवार्य सर्त हो । यसपटक रक्षालाई घरकै फिल्मबाट यो प्रमाणित गर्नुपर्ने चुनौती छ । एक हिसाबले उनका लागि ‘पर्खि बसें तिमीलाई’ करिअरको परीक्षा हो ।