मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘चित्रा’ हेर्दा नाटक हेरेको जस्तो लाग्दैन : घनश्याम लामिछाने

फिल्मीखबर, काठमाडौं, 2024/01/05

Ghanashyam Lamichhane

 

आर्ट शैलीको फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका छन्, घनश्याम लामिछाने । ‘धौली’ होस् वा ‘पञ्चेबाजा’, यी दुवै फिल्ममा नाटकको धङधगी देखिन्थ्यो । नहोस् पनि किन ! उनी रंगमञ्च पृष्ठभूमिका हुन् । दुवै फिल्ममा उनको कथावाचन शैली सुस्त भए पनि निर्देशन पक्ष प्रशंसनीय थियो । अब उनी निर्देशित नयाँ फिल्म ‘चित्रा’ यही पुष २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

यो फिल्मलाई भने ‘सिनेम्याटिक’ हिसाबले बनाउन खोजेको उनको दाबी छ । उनी भन्छन्, ‘मेरो यसअघिका फिल्मलाई समीक्षकले नाटक भनिदिनुभयो । अनि मलाई लाग्यो कि नाटक त म नाटक घरमै गर्छु, सिनेमा घरका लागि फिल्ममा हुनुपर्ने सबै ‘एलिमेन्ट्स’ राखेर बनाउँछु भन्ने अठोट लिएँ । यसपटक नाटक हेरेको जस्तो नहोस् भनेर मैले ‘चित्रा’लाई ‘सिनेम्याटिक’ बनाउन खोजेको छु ।’

यसअघि आफूले आर्टिस्टिक फिल्म बनाउने प्रयत्न गरेको भए पनि त्यो स्वीकार्य हुन नसकेको उनको भनाई छ । त्यसैले ‘चित्रा’लाई फरक शैलीमा बनाएको उनी बताउँछन् । ‘स्लो शैलीको फिल्म बनाउने निर्देशकको रुपमा मेरो छाप बनेकोले त्योभन्दा फरक शैली अपनाएर ‘चित्रा’ बनाएको हुँ । तर, फरक शैली भन्दैमा ‘कन्टेन्ट’मा फिल्म बनाउन कहिल्यै छाड्दिनँ,’ निर्देशक लामिछाने सुनिए ।

यसअघिका फिल्ममा सामाजिक कथा भनेका घनश्यामले ‘चित्रा’लाई भने एक्सन शैलीमा ढालेका छन् । कथा भन्ने शैलीमा विविधता पस्किन फरक जनरामा काम गरेको उनको कथन छ । उनी भन्छन्, ‘नेपालमा यो निर्देशनले यस्तो कथा मात्र राम्रो भन्छ भन्ने भाष्य छ । ममा जुन किसिमको कथा भन्ने शैली छ, त्यो व्यक्त गर्ने मैले अझै ‘प्लेटफर्म’ पाएको छैन । त्यो विविधता ‘चित्रा’मा देखिनेछ ।’

उनी ‘चित्रा’लाई नेपाली समाजको कथा भन्न रुचाउँछन् । परिवार, बाबु-छोरी, दाजु-भाई र साथी-भाईको कथा रहेकाले फिल्म पूर्ण पारिवारिक रहेको उनको दाबी छ । फिल्मबाट आफूले बाबु-आमा सन्तानका लागि भगवान् हुन्छन् भन्ने सन्देश दिन खोजेको पनि उनले बताए । फिल्ममा ‘फेमिली’, ‘फ्रेन्डसिप’ र ‘डिफेन्सिस फादर’ गरी तीन लियरमा कथा भनिएको घनश्यामले प्रष्ट पारेका छन् ।