मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महत्त्वाकांक्षाले डुबेका धुर्मुस-सुन्तलीको स्टेजमा कमब्याक

फिल्मीखबर, काठमाडौं, 2024/01/07

भनिन्छ, ‘धेरै महत्त्वाकांक्षाले जति चाँडो उचाइँमा पुर्‍याउँछ, त्यही रफ्तारमा तल झार्छ ।’ यसको ज्वलन्त उदाहरण सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) हुन् । कलाकारितामा गर्विलो नाम बनाएका उनीहरु २०७२ सालमा भूकम्प गएपछि सामाजिक कार्यमा अग्रसर भए । र, चारवटा ठाउँमा एकिकृत बस्ती बसाले । त्यसबाट पाएको वाहवाहीले यो जोडीको महत्वाकांक्षा बढायो ।

२०७५ सालमा उनीहरुले अनुमानित ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा गरे । देश/विदेशबाट सहयोग उठाएर रंगशालाको केही प्रतिशत काम सम्पन्न पनि भयो । तर, आर्थिक अभावपछि यतिबेला रंगशाला अलपत्र परेको छ । अहिले धुर्मुस-सुन्तलीमाथि रंगशाला निर्माणमा अनियमितता गरेको आरोप लागिरहेको छ । यसले उनीहरुको करिअरमा ठूलो असर पारेको छ ।

 

sitaram kattel and kunjana ghimire


सामाजिक कार्यमा ताली हुँदै गालीको अवस्थामा आइपुगेका धुर्मुस-सुन्तली अब कलाकारितामा फर्किएका छन् । त्यसको सुरुवात स्टेजबाट भएको छ । गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा उनीहरु करिब ८ वर्षपछि घरेलू स्टेज उक्लिए । यसपछि धादिङ महोत्सवमा सहभागी भएका उनीहरुले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ महोत्सवमा हाँस्य प्रस्तुति दिँदैछन् ।

स्टेजमा यो जोडी टेलिसिरियल ‘मेरी बाँस्सै’को चर्चित पात्र धुर्मुस-सुन्तलीको पोशाक र हाउभाउमै प्रस्तुत भैरहेको छ । उनीहरुलाई महोत्सवमा हेर्न दर्शकहरुको भीड पनि उल्लेख्य देखिन थालेको छ । घरेलू महोत्सवमा माग चर्किन थालेपछि कुञ्जनाले आइतबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै जीवन अन्धकारमा फसेर दिक्क भएको अवस्थामा उज्यालो आउन थालेको उल्लेख गरेकी छन् ।

अब सिताराम र कुञ्जना कलाकारितालाई निरन्तरता दिने योजनामा छन् । यो जोडीले फिल्ममा कमब्याकको तयारी पनि गरिरहेको बुझिएको छ । क्रिकेट रंगशाला निर्माणकै क्रममा उनीहरुले फिल्म ‘सेन्टीभाइरस’को निर्माण गरेका थिए । जसमा दुवैको अभिनय थियो । तर, यो फिल्म सफल हुन सकेन । यसपछि उनीहरु ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिजमा एकसाथ देखिएका थिए ।