मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रुकमनको प्रेममा दीया

फिल्मीखबर, काठमाडौं, 2024/01/13

diya pun and Rukman Lama

 

कलाकारको प्रेम र ब्रेकअप सामान्य मानिन्छ । तर, सार्वजनिक व्यक्ति भएकाले मिडियामा त्यो चासो र चर्चाको विषय बन्ने गरेको छ । यसबीच, ‘वीर विक्रम’ अभिनेत्री दीया पुनको पनि प्रेम जीवन सार्वजनिक भएको छ । उनी केही वर्षयता रुकमन लामासँग प्रेम सम्बन्धमा छिन् । रुकमनले दीयासँगका केही तस्वीरहरु आफ्नो इन्स्टाग्राम र फेसबुकमा सेअर गर्दै प्रेम भाव व्यक्त गरेका छन् ।

गत डिसेम्बर २६ मा दीयाको जन्मदिन परेको थियो । र, उनको जन्मदिन ‘सेलिब्रेट’ गरेका तस्वीरहरु सेअर गर्दै रुकमनले लेखेका छन्, ‘तिमी मेरो जीवनलाई बाँच्न लायक बनाउँछौं । मेरो अनुहारमा मुस्कान ल्याउँछौं र तिम्रो स्पर्शले तिमी मलाई कति प्रेम गर्छौं र कति ख्याल गर्छौं भन्ने देखाउँछ बजै । तिमी मेरो लागि सबथोक हौं ।’ रुकमनको यो पोस्टमा धेरैले दीयालाई ‘भाउजु’ भनेका छन् ।

रुकमनले ब्रिटिश आर्मी र सिंगापुर पुलिसका लागि चितवनमा गोर्खाज् ट्रेनिङ नामक संस्था चलाउँदै आएका छन् भने उनको एउटा एडभेञ्चर कम्पनी पनि छ । उनी राइडिङका पनि सौखिन हुन् । दीयाले गत वर्ष सगरमाथा र यस वर्ष अफ्रिकाको हिमाल माउन्ट किलिमन्जारोको आरोहण गर्दा रुकमन पनि साथमा थिए । दुवैले बाइकबाटै नेपालका धेरै ठाउँमा एकसाथ यात्रा गरिसकेका छन् ।

दीयाको यस वर्षको असारमा फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेन । अब उनी अभिनीत नयाँ फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले ‘मिस्टर झोले’, ‘मन्त्र’ आदि फिल्ममा पनि काम गरेकी छन् । लामो समयदेखि यूकेमा नर्सिङ पेशामा आबद्ध रहेकी उनी यतिबेला नेपालमै छिन् ।