मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा र निश्चल नाचेको ‘कुटुमा कुटु’को युट्युबमा कीर्तिमान

फिल्मीखबर, काठमाडौं, 2024/01/13

कुटुमा कुटु'को रेकर्ड: बन्यो १० करोड भियुअर्स कमाउने पहिलो नेपाली गीत -  NepalTimes

 

डिजिटल युगमा युट्युबलाई गीतको लोकप्रियता मापन गर्ने तराजु मान्ने गरिन्छ । संसारमा युट्युबमा सर्वाधिक हेरिने धेरै गीत छन् । नेपालमा पनि केही गीत करोडौंपटक हेरिएका छन् । तर, ‘युट्युब युग’ सुरु भएयता सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड भने ‘कुटुमा कुटु’को नाममा छ । फिल्म ‘दुई रुपैयाँ’मा समावेश यो गीतले युट्युबमा २० करोड भ्यूजको अर्को कीर्तिमानी बनाएको छ ।

६ वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलमा रिलिज भएको गीतलाई शुक्रबार २० करोड भ्यूज मिलेको हो । प्रायः हरेकजसो सार्वजनिक कार्यक्रममा अनिवार्य घन्किने यो गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ भने गायनमा उनलाई राजन इसान र मेलिना राईले सघाएका छन् । तीन करोड जनसंख्या रहेको देशमा एउटै गीतलाई २० करोडपटक हेरिनु सानो उपलब्धि होइन ।

गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार राजनराजले फेसबुकमा लामो स्टाटस लेख्दै ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो’ लेख्दा आफ्नो हात कामेको स्मरण गरेका छन् । तर, पछि यही लाइन चर्चित बनेकोमा खुसी व्यक्त गर्दै उनले ५ मिनेटको गीतमा अन्न, फलफूल, बनस्पती, चराचुरुंगी, जनावर, धर्मसँगै धुम्रपान र मद्यपान गर्नु हुँदैन भन्ने सन्देश पनि रहेको बताएका छन् ।

‘दुई रुपैयाँ’ बक्स अफिसमा सफल हुनुमा ‘कुटुमा कुटु’ गीतको ठूलो योगदान मानिन्छ । र, यही गीतमा नृत्य गरेकै भरमा अभिनेत्री स्वस्तिमा खड्का दर्शकको ठूलो वर्गमा चिनिएकी थिइन् । उनले यो गीतलाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्ने गरेकी छन् । गीतमा स्वस्तिमाका साथै निश्चल बस्नेत र आसिफ शाहको पनि नृत्य छ । फिल्मका निर्देशक असिम शाह (रास्वपाका सांसद्) हुन् ।