मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रावायण’ नबनेपछि ‘खजुरे ब्रो’बाट डेब्यू गर्दै नीति

फिल्मीखबर, काठमाडौं, 2024/01/13

अलपत्र नीतिको फिल्म डेब्यू

 

नीति शाहलाई फिल्ममा डेब्यू गर्न ठूलै संघर्ष गर्नुपरेको छ । लगातार फिल्म सम्झौता गरिरहँदा पनि उनको अभिनेत्री भएर पर्दामा देखिने सपना पूरा हुन सकेको छैन । ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ गरी चार फिल्म सम्झौता गर्दा पनि कुनै बन्न सकेनन् । जसले गर्दा उनी जोडिएको फिल्म नै बन्दैनन् भन्ने भाष्य निर्माण भएको थियो । अब भने नीतिको फिल्ममा डेब्यू निश्चित भएको छ ।

फिल्म ‘खजुरे ब्रो’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । दुई हप्ताअघि नै फिल्ममा अनुबन्ध भएर उनी शुक्रबारबाट छायांकनमा समेत जोडिसकेकी छन् । आगामी माघ १ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शुभमुहूर्त गरेपछि पूर्वको धरानमा बाँकी छायांकन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको छायांकन नै सुरु भैसकेकाले नीतिलाई ठूलो राहत मिलेको छ ।

फिल्ममा नीतिको जोडी अभिनेता रेअर राईसँग बाँधिएको छ । रंगमञ्च पृष्ठभूमिका रेअरले दर्जनौं नाटकसँगै ‘गोर्खा वारियर’, ‘यात्रा’, ‘ए मेरो हजुर ३’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । ‘खजुरे ब्रो’मा उनी टाइटल क्यारेक्टरमा देखिने जानकारी प्राप्त छ । रेअर र नीतिको जोडी दर्शकलाई रोचक हुनसक्ने देखिन्छ । शीर्षकले नै ‘खजुरे ब्रो’ कमेडी कथावस्तुमा निर्माण हुने संकेत गर्छ ।

‘षडङ्ग’ रिलिजको ९ वर्षपछि निर्देशनमा फर्किन लागेका सुरज सुनुवारको लेखन र निर्देशनमा बन्न लागेको फिल्ममा महेश त्रिपाठी, नविन मानन्धर आदिको पनि अभिनय रहनेछ । निर्देशक सुनुवार र नविन मानन्धरको संयुक्त निर्माण रहने फिल्मको काठमाडौं र धरानसँगै इटहरी र भारतस्थित दार्जलिङमा छायांकन गरिने जनाइएको छ । फिल्मका गीतमा अनमोल गुरुङको संगीत रहनेछ ।