राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ईश्वर’को तालनगरी पोखरास्थित बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शनिबार बिहान गरिएको मुहूर्तमा निर्देशक गिरीसहित अभिनेता पृथ्वीराज प्रसाईं लगायत उपस्थित थिए । कास्की जिल्लामा छायांकन हुने फिल्ममा माओत्से गुरुङलाई पनि मुख्य भूमिकामा अनुबिन्धत गरिएको निर्देशक गिरीले जानकारी दिए ।
लक्ष्मी कुँवर थापाको प्रस्तुति रहेको यस फिल्ममा सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको पनि अभिनय रहनेछ । आगामी माघ २८ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्म सामाजिक विषयवस्तुमा निर्माण हुने निर्देशक गिरी बताउँछन् । फिल्ममा निर्देशक गिरीको कथा तथा भोजराज देवकोटाको पटकथा एवंम् संवाद लेखन रहेको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा हरिबहादुर थापा र शंकर गिरी छन् भने राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । ‘मंगलम’, ‘वीराङ्गना’ आदि फिल्ममा काम गरिसकेका पृथ्वीराजले ‘ईश्वर’बाट ५ वर्षपछि कमब्याक गर्दैछन् ।