मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन र प्रदीपको सुध्रिँदो सम्बन्ध

फिल्मीखबर, काठमाडौं, 2024/01/16

bhuwan kc and pradeep khadka

 

अघिल्लो वर्ष फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनताका अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित गरेर दिएका अभिव्यक्तिले दुवैबीच शीतयुद्धको स्थिति बनेको थियो । त्यसबेला आक्रामक देखिएका प्रदीपले भुवनको योग्यतामाथि प्रश्न उठाउँदै राजीनामा समेत मागेका थिए । त्यसको प्रतिजवाफमा भुवनले पनि विभिन्न मिडियामा प्रदीपलाई ‘फ्लप हिरो’ भनेका थिए ।

तर, फिल्म क्षेत्रमा दुश्मनी र मित्रता दिगो हुँदैन । भुवन र प्रदीपको हकमा पनि यस्तै देखिन थालेको छ । यतिबेला उनीहरुबीचको सम्बन्ध सुध्रिँदो देखिएको छ । केही समयअघि एउटा अवार्ड कार्यक्रममा दुवैले एकअर्कालाई अंकमाल गर्दै संवादहीनता तोडेका थिए । मंगलबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करणको घोषणा कार्यक्रममा पनि दुवै आमनेसामने भए ।

कार्यक्रममा भुवन र प्रदीप एउटै सोफामा सँगसँगै बसेका थिए । दुवै एकअर्कासँग निकै सहज देखिन्थे । बेला बेलामा उनीहरु केही विषयमा गफिए पनि । प्रदीपले भुवनको हात समातेर हाँसेको दृश्य त झन् कम रोचकलाग्दो थिएन । यसले उनीहरुबीच सम्बन्ध सुध्रिएको प्रष्ट बुझाउँछ । कार्यक्रममा भुवनले प्रदीपलाई ‘सुपरस्टार’ समेत भन्न भ्याएका थिए । त्यसबेला प्रदीप मुस्कुराएका थिए ।

पहिलो हिन्दी फिल्म ‘ऐरी’मा काम गर्ने निश्चित भएपछि सम्बन्ध विग्रिएका नेपाली फिल्मकर्मीहरुसँग प्रदीप नजिक बनिरहेका छन् । उनले हालै एक अन्तर्वार्तामा भनेका थिए, ‘हरेक कलाकारको ‘डाउनफल’ हुन्छ । मैले जे पाइरहेको छु, त्यो ‘सर्टटम’ हो । त्यसैले दुश्मन सिध्याउने भन्दा पनि दुश्मनी सिध्याउनुपर्छ भन्ने लाग्छ ।’ यसले पनि प्रदीप सम्बन्ध सुधारको मनस्थितिमा रहेको बुझाउँछ ।