मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दयारानी’ टिजर : दयाहाङलाई दोस्रो बिहे गर्न दीयाको दबाब

फिल्मीखबर, काठमाडौं, 2024/01/18

Dayahang Rai and Diya Pun

 

अभिनयमा पारंगत मानिने माओत्से गुरुङको डेब्यु निर्देशित फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । सवा एक मिनेट लामो टिजरमा निःसन्तान दाम्पतीको कथा भनिएको छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका दयाहाङ राई र दीया पुनबीच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई चित्रित गरिएको टिजरमा सन्तानका लागि दीयाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको देखिन्छ ।

दयाले दोस्रो बिहे गर्न नमानेपछि दीयाले घर छोडेर जाने कि मर्ने धम्की दिन्छिन् । यसपछि दयाहाङले साली (प्रमिसा गुरुङ)लाई जिस्काएको दृश्य समावेश छ । टिजरको अन्तिममा प्रमिसाले ‘भनाजुले कान्छी बनाउने रे’ भन्ने संवाद सुनिन्छ, जसले फिल्मको कथा रोचक रहेको संकेत गर्छ । हाँस्य र गम्भीर दुवै भाव मिश्रित टिजरले फिल्मप्रति दर्शकलाई आकर्षित गराउने सामर्थ्य राख्छ ।

दयाहाङ र दीयाले ‘वीर विक्रम’ र ‘मिस्टर झोले’पछि तेस्रोपटक सहकार्य गरेका हुन् । फिल्ममा विजय बराल, पुस्कर गुरुङ, नयन गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, कृष्टी गुरुङ आदिको पनि अभिनय छ । ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मस् तथा माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको निर्माणमा सहकार्य रहेको ‘दयारानी’का कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ । माघ २६ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।