मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गलबन्दी’ जोडीको ‘पूजार सार्की’मा पार्श्व गायन

फिल्मीखबर, काठमाडौं, 2024/01/21

Pujar sarki singer

 

गायनमा सफल मानिएको जोडी प्रकाश सपूत र शान्तिश्री परियारले पहिलोपटक फिल्मको गीतमा सहकार्य गरेका छन् । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतको सातौं फिल्म ‘पूजार सार्की’को एक गीतमा उनीहरुले स्वर भरेका हुन् । यो जोडीले ‘गलबन्दी’, ‘बोल माया’, ‘दमाई महाराज’ जस्ता चर्चित गीतमा सहकार्य गरिसकेको छ । अब फिल्मको गीतमा पनि दुवैको स्वर गुञ्जिन लागेको हो ।

शनिबार रेकर्डिङ भएको लोक शैलीको गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको संगीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज छ । माघ मध्यबाट छायांकन सुरु हुन लागेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा देखिँदैछन् । पहिलोपटक आर्यन, प्रदीप र पलले एकसाथ काम गर्न लागेकाले फिल्मको चर्चा चुलिँदो छ ।

संगीतकार भुसाल स्वयंले फिल्मको निर्माण गर्नेछन् । उनले संगीत भरेका ‘लै लै लै लै’, ‘बनकी चरी’, ‘जिन्दगीको के छ र भर’ आदि गीत चर्चित छन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहने फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा आर्यन सिग्देलले पूजारीको भूमिका निर्वाह गर्नेछन् भने उनको जोडी अञ्जनासँग बाँधिनेछ । उनीहरुको अन्तरजातीय प्रेमकथामा फिल्म केन्द्रित हुने चर्चा छ ।