मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रेकअपबारे सौगात भन्छन्, ‘सम्बन्ध टुट्नुमा धेरै कारण हुन्छन्’

फिल्मीखबर, काठमाडौं, 2024/01/22

पहिला काजीको बिहे होस् अनि म गर्छु : सौगात मल्ल

 

जगजाहेर कुरा हो, गत वर्षसम्म अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा थिए । सामाजिक सञ्जालदेखि मिडिया अन्तर्वार्तासम्म यो जोडीको एकअर्काप्रति प्रेम पोखिएको हुन्थ्यो । फिल्ममा पनि निरन्तर काम गर्दै आइरहेका थिए । सृष्टिको आमा-बुबासँग विवाहको कुरा गर्न एकपटक सौगात बेलायत समेत पुगेका थिए । तर, गत वर्ष दुवैले प्रेम सम्बन्धलाई पूर्णविराम लगाए ।

यो जोडीको प्रेम टुट्दा फिल्मकर्मीहरु समेत स्तब्ध भएका थिए । किनकि, उनीहरुले एकअर्काप्रति गर्ने प्रेम र हेरचाह धेरैका लागि लोभलाग्दो थियो । सौगात र सृष्टिबीचको सम्बन्ध टुट्नुको कारण खुलेको छैन । तर, ब्रेकअपको पीडाबाट बाहिर निस्कन सौगातले भने ध्यानको सहारा लिएका रहेछन् । हरेक सम्बन्धले मानिसको निजी र व्यावसायिक जीवनमा ठूलो असर पार्ने उनको बुझाई छ ।

माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारको क्रममा एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सम्बन्धले निजी र व्यावसायिक जीवनमा ठूलो असर पार्छ । मलाई पनि पार्‍यो । त्यसबाट बाहिर आउन मलाई ध्यानले ठूलो मद्दत गर्‍यो । ध्यान भन्ने कुरा थाहा हुँदैन थियो भने मलाई त्यसबाट बाहिर आउन धेरै गाह्रो हुन्थ्यो होला । रामको नाम जपेर पनि मलाई धेरै मद्दत मिल्यो ।’

सौगातलाई सम्बन्ध टुट्नुको पछाडि धेरै कारण हुन्छन् भन्ने लाग्छ । ‘धेरैको सोचाई चाहिँ अरुलाई मन पराएपछि सम्बन्ध टुट्छ भन्ने हुँदो रहेछ,’ उनी भन्छन्, ‘तर सम्बन्ध टुट्नुमा त्यो मात्र मुख्य कारण हुँदैन भन्ने मलाई लाग्छ । त्यसमा अरु धेरै कुरा हुनसक्छन् ।’ सौगातले सृष्टिसँग एकसाथ काम गरेका तीनवटा फिल्म ‘द रेड सुडकेस’, ‘तीन जन्तु’ र ‘मासु भात’ प्रदर्शनमा आउन बाँकी नै छन् ।