मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कालो पोथी’ निर्देशकको ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छानियो

फिल्मीखबर, काठमाडौं, 2024/01/22

Min-Bham-Sonam-Topden

 

‘कालो पोथी’ निर्देशक मीन भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ विश्वकै प्रतिष्ठित मानिने बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा फिल्म छनोट भएको डेडलाइनले उल्लेख गरेको छ । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन् ।

आगामी फेब्रअरी १५ देखि २५ सम्म जर्मनीको राजधानी बर्लिनमा हुन लागेको फेस्टिभलमा निर्देशक भाम सहभागी हुने जनाइएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक गर्दै बर्लिन फिल्म फेस्टिभलको ‘लाइनअप’ प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । ‘चिसो वर्ष’ शीर्षकमा फिल्मको छायांकन पूरा गरेपछि निर्देशक भामले नाम परिवर्तन गरेका हुन् ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।

सुनी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कार्म शाक्य आदिको मुख्य भूमिका छ । गायक समेत रहेका सोनमले फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यू गरेका थिए । ‘शाम्बाला’मा उनी डोल्पाली युवकको भूमिकामा छन् । निर्माणअघि थुप्रै अन्तर्राष्ट्रिय ‘फन्ड’ जितेको यो फिल्म १४ करोडमाथिको लागतमा निर्माण भएको जनाइएको छ ।