मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मगर पहिरनमा खुलेकी शिल्पा

फिल्मीखबर, काठमाडौं, 2024/01/24

shilpa maskey (1)

 

अभिनेत्री शिल्पा मास्केको करिअर सुखद् बन्न सकेको छैन । निरन्तर फिल्ममा काम गर्दै आएको भए पनि व्यावसायिक सफलता उनीबाट टाढै छ । फिल्म ‘कागजपत्र’बाट उनको डेब्यू भयो । रिलिजको हिसाबले भने पहिलो फिल्म ‘द ब्रेकअप’ हो । तर, यी दुवै असफल भए । तेस्रो फिल्म ‘सानो मन’ले पनि उनलाई निराश नै तुल्यायो । यद्यपि, उनले अभिनयमा सम्भावना देखाएकी थिइन् ।

 

shilpa maskey (1)


गत असारमा प्रदर्शन भएको फिल्म ‘परस्त्री’बाट उनलाई ठूलो अपेक्षा थियो । भारत प्रदर्शनले गर्दा फिल्मको चर्चा पनि राम्रो थियो । तर, कथावाचनमा चुकेको फिल्मले उनलाई पुनः असफलता दिलायो । यद्यपि, उनले कामको प्रशंसा बटुलिन् । यतिबेला उनीसँग नयाँ फिल्म रहेको जानकारीमा छैन । फिल्म क्षेत्रमा बलेको आगो ताप्ने प्रचलनले उनीजस्ता कलाकार गुमनामको अवस्थामा छन् ।

 

shilpa maskey (3)


शिल्पाको सुन्दरताका कारण पनि प्रायः चर्चा हुने गरेको छ । उनले मंगलबार इन्स्टाग्राममा सेअर गरेको मगर पहिरनको तस्वीरमा पनि उनको सुन्दरता खुलेको छ । आफूलाई मगर पहिरनमा देखेर आमाले गर्व महसुस गरेको उनले उल्लेख गरेकी छन् । उनको आमा-बुबाको अन्तरजातीय विवाह भएको हो । आमा मगर समुदायको भएकाले उनलाई मगर पहिरनप्रति बेग्लै लगाव देखिन्छ ।

 

shilpa maskey (3)


शिल्पासँग हलिउड र बलिउड फिल्ममा काम गरेको पनि अनुभव छ । उनले हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ र ‘मिसन इम्पोसिबल : फलआउट’सँगै नेटफ्लिक्स सिरिज ‘द क्राउन’ र बलिउड फिल्म ‘गोल्ड’मा काम गरेकी छन् । उनले ‘फूलबारी’, ‘लाइफ इन एलए’, ‘कठपुतली’ आदि फिल्ममा पनि छोटो भूमिकामा काम गरेकी छन् । तर अझै उनको करिअर सन्तुलित बन्न सकेको छैन ।