मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले दियो फिल्म विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

फिल्मीखबर, काठमाडौं, 2024/01/24

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड

 

फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फिल्मसम्बन्धी विधेयकलाई अन्तिम रुप दिन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सञ्चार मन्त्रालयलाई विधेयकको मस्यौदा अगाडि बढाउन बाटो खुलेको छ ।

अब चलचित्र विकास बोर्डले तयार गरेको मस्यौदालाई सञ्चार मन्त्रालयले सहमतिका लागि अर्थ र कानुन मन्त्रालय पठाउनेछ । दुवै मन्त्रालयको सहमतिपछि त्यो मस्यौदालाई स्वीकृतिको लागि पुनः मन्त्रिपरिषद् लगिन्छ । त्यहाँ विधायन समितिमा छलफल भएपछि कानुन मन्त्रालयमार्फत् विधेयक प्रतिनिधि सभामा दर्ता हुन्छ । र, विधेयकले अन्तिम रूप लिन संसदमा दफावार छलफल हुनेछ ।

प्रतिनिधि सभाबाट विधेयक पास भएपछि त्यसलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । अनि मात्र ऐन बन्छ र त्यही कानुन हुन्छ । यो प्रक्रिया पूरा हुन १ वर्षभन्दा बढी समय लाग्ने जानकारीहरु बताउँछन् । यद्यपि, बोर्ड अध्यक्ष भुवन केसी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित हुनेमा आशावादी देखिएका छन् । उनी आफ्नै कार्यकालमा फिल्मसम्बन्धी विधेयक पास गर्न प्रयासरत छन् ।

माघ ४ गते बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझावको विषयमा सरोकारवालाहरूसँग छलफल गरेको थियो । करिब तीन महिनाअघि बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो । नेपाली फिल्म क्षेत्र अझै पनि पञ्चायतकालीन समय अर्थात् २०२६ सालको कानुनको भरमा चलेको छ ।