मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’ ट्रेलरमा गोर्खा सैनिकले लडेको लडाइँको कथा

फिल्मीखबर, काठमाडौं, 2024/01/25

GURKHA WARRIOR

 

मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता शिशिर वाङ्देलको सशक्त ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ । ट्रेलरमा सिनेमाटोग्राफी, भीएफएक्स र ब्याकग्राउन्ड स्कोरको काम राम्रो देखिन्छ । फिल्म आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर गरिएको फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।

एक अमेरिकी वितरण कम्पनीले फिल्मलाई अन्तर्राष्ट्रिय रिलिज गर्न लागेको निर्देशक चाम्सले बताएका छन् । दक्षिण कोरियामा भने ‘मिस हुँ’ नामक कम्पनीले कोरियाली भाषामा स्वरांकन गरेर फिल्म रिलिज गर्ने जनाइएको छ । यतिबेला फिल्मको मुम्बईमा हिन्दी डबको काम पनि भइरहेको छ, जसमा रितेशको पात्रमा ‘केजीएफ’ श्रृंखलाका डबिङ आर्टिस्ट सचिन गोलेले आवाज दिएका छन् ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । लाहुरेको सहर पोखरा र धरानमा फिल्मको प्रिमियर आयोजना गर्ने तयारीमा चाम्स छन् ।