मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४५ दिनमा ‘डिग्री माइला’ प्याकअप, नयाँ वर्षमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/01/25

Digree Maila

 

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले आफ्नो नयाँ फिल्म ‘डिग्री माइला’को छायांकन पूरा गरेका छन् । दुई चरणमा गरेर ४५ दिनमा फिल्म ‘प्याकअप’ भएको हो । पहिलो चरणको छायांकन गत असोज १ गतेबाट ओखलढुंगाको रुम्जाटार गाउँमा सुरु गरिएको थियो । त्यसपछि झण्डै दुई महिना ‘ब्रेक’ लिएर दोस्रो चरणको छायांकन काठमाडौंबाट सुरु गर्दै रुम्जाटारमै पुगेर सकिएको हो ।

फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भइसकेको छ, जसमा अभिनेता दयाहाङ राई एकल रुपमा प्रस्तुत छन् । पोस्टरमा उनलाई शिक्षित बेरोजगारको रुपमा चित्रित गरिएको छ । फिल्मले उठाएको कथा पनि यही हो । थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा फिल्म आधारित छ । फिल्ममा दयाहाङको जोडी भने अभिनेत्री आँचल शर्मासँग बाँधिएको छ ।

बाँसुरी फिल्म्सको निर्माण रहेको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेको पनि अभिनय छ । ‘किन चाउरिस मरिच, आफ्नै रागले’ भन्ने चर्चित उखानलाई ट्यागलाइन बनाइएको फिल्मको प्रदर्शन मिति आगामी नयाँ वर्षलाई घोषणा भैसकेको छ । यसअघि ‘डिग्री माइला’ नाममा मण्डला थिएटरमा नाटक मञ्चन भएको थियो, जसका निर्देशक दयाहाङ राई थिए ।