मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’मा एक्सन अवतारमा देखिँदै प्रदीप

फिल्मीखबर, काठमाडौं, 2024/01/26

 

अभिनेता प्रदीप खड्काको ‘पाइपलाइन’मा फिल्म थपिने क्रम जारी छ । उनी यही माघबाट फिल्म ‘पूजार सार्की’को छायांकनमा जोडिँदैछन् । त्यसपछि उनले आगामी वर्षका लागि ‘ऐरी’ र ‘एक्टर’मा काम गर्ने निश्चित भैसकेको छ । अब उनले कृषा चौलागाईंको निर्देशन रहने नयाँ फिल्म ‘पिताम्बर’मा पनि काम गर्ने भएका छन् । आइतबार कृषा र प्रदीपबीच कागजी सम्झौताको तयारी छ ।

प्रदीप फिल्मको कथा सुन्ने वितिक्कै सकारात्मक देखिएका थिए । तर, उनी आफ्नो क्यारेक्टरलाई लिएर आफैं विश्वस्त हुन सकेका थिएनन् । निर्देशक चौलागाईंले त्यो क्यारेक्टरमा उतार्न सक्ने विश्वास दिलाएपछि मात्र उनी फिल्ममा काम गर्ने निर्णयमा पुगेको स्रोतको दाबी छ । फिल्ममा उनी एक्सन भूमिकामा देखिने जानकारी प्राप्त छ । त्यसका लागि उनले शरीर कसिलो बनाउनुपर्नेछ ।

फिल्मको यही माघ अन्तिमबाट तराईमा एक हप्तासम्म पहिलो चरणको छायांकन गरिँदैछ । त्यसबेला प्रदीप भने ‘पूजार सार्की’को छायांकनमा हुनेछन् । निकट स्रोतका अनुसार, ‘पिताम्बर’को पहिलो चरणको छायांकनमा प्रदीपको सिन छैन । अभिनेता कामेश्वर चौरासिया र बाल कलाकारको मात्र छायांकनको तयारी छ । फागुनपछि हुने दोस्रो चरणको छायांकनमा मात्र प्रदीप जोडिनेछन् ।

केही दिनदेखि निर्देशक चौलागाईं तराईका विभिन्न ठाउँमा फिल्मका लागि ‘लोकेशन’ हेरिरहेकी छन् । केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले उनलाई हतारो छ । उनी काठमाडौं फर्किएपछि कलाकारसँग सम्झौता गरेर छायांकन सुरु गर्ने तयारीमा छिन् । फिल्ममा अहिलेकी एक चल्तीकी अभिनेत्री पनि अनुबन्धित भइसकेको स्रोतको दाबी छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।