केही वर्षयता डिजिटल वालेटप्रति सर्वसाधारणको आकर्षण निकै बढेको छ । अचेल धेरैजसोले सुनदेखि नुनसम्मको पैसा डिजिटल वालेटबाटै तिर्ने गरेका छन् । र, सेवा प्रदायक कम्पनीहरुले पनि विभिन्न सुविधा र उपहारका योजनाहरु ल्याइरहेका हुन्छन् । खल्ती एपले भने फिल्म पारखीहरुलाई आकर्षित गर्न नेपाली फिल्मको टिकट खरिदबापत ‘क्यासब्याक’को सुविधा दिँदै आइरहेको छ ।
‘परस्त्री’, ‘हल्कारा’, ‘बिहे पास’, ‘छड्के २’, ‘छक्का पञ्जा ४’ लगायतका फिल्मको टिकट काट्दा खल्तीले १० प्रतिशत ‘क्यासब्याक’ दिएको थियो । यो नेपाली फिल्मका लागि ठूलो योगदान हो । खल्तीले नेपाली फिल्मको प्रचारमा पनि हातेमालो गर्दै आएको छ । ‘बहाव’, ‘फूलबारी’, ‘महापुरुष’ लगायतका फिल्म रिलिजको क्रममा खल्तीले क्विजदेखि ‘लक्की ड्र’सम्मको योजना ल्याएको थियो ।
३ वर्षमा खल्तीले ४० बढी नेपाली फिल्मसँग सहकार्य गरिसकेको छ । जसले गर्दा नेपाली फिल्मको प्रचारदेखि व्यापारसम्ममा ठूलो सहयोग पुगेको छ । ‘बहाव’का निर्माता श्रीधर पौडेल खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि नेपाली फिल्मको मार्केटिङ शैली नै बदलिएको बताउँछन् । ‘बहाव’ रिलिजका क्रममा खल्तीले दिएको साथले प्रचारमा ठूलो प्रभाव पारेको उनको अनुभव छ ।
शुक्रबारबाट स्थापनाको ७ वर्ष पूरा गरेको खल्ती एपबाट देशका ५१ वटा हलका १२० वटा पर्दामा टिकट काट्न सकिने जनाइएको छ । यसले दर्शकलाई पनि सहज बनाएको छ ।
मोबाइल रिचार्जदेखि बिजुली, खानेपानी, इन्टरनेट, डीटीएचको महसुल भुक्तानी, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने र अनलाइनमार्फत् किनमेलको भुक्तानी समेत खल्तीबाट गर्न सकिन्छ ।