मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’मा प्रदीपको आमा बन्दै सुरक्षा !

फिल्मीखबर, काठमाडौं, 2024/01/28

Pradeep Khadka and Surakshya Panta

 

‘ऐंचो पैंचो’ फेम्ड निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएकी छन् । यही माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, कामेश्वर चौरासिया र प्रमोद अग्रहरी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । आँचल शर्मा र अनुपविक्रम शाहीलाई पनि फिल्म अफर गरिएको छ ।

फिल्ममा प्रदीपको जोडी आँचलसँग बाँध्ने तयारी छ । सम्भवतः केही दिनमै आँचलसँग निर्माण टिमको सम्झौता हुनसक्नेछ । सुरक्षा भने प्रदीपको बाल्यकालको आमाको भूमिकामा देखिने स्रोत बताउँछ । पहिला आमाको रोलमा अर्कै एक चल्तीकी अभिनेत्रीलाई अफर गरिएको थियो । तर, उनले तत्काल आमाको भूमिकामा काम गर्न इच्छा नदेखाएपछि सुरक्षाको पोल्टामा फिल्म परेको हो ।

‘पिताम्बर’मा प्रदीप एक्सन अवतारमा देखिनेछन् । यसका लागि उनले शरीर सुगठित बनाउनुपर्नेछ । फिल्मको पहिलो चरणको छायांकनमा भने उनी जोडिने छैनन् । बैशाखपछि हुने दोस्रो चरणको छायांकनमा मात्र उनको सिन राखिएको छ । फिल्ममा प्रमोद भने नकारात्मक चरित्रमा देखिनेछन् । माघ, बैशाख र असार-साउनमा गरी फिल्मको तीन चरणमा छायांकन गरिने जनाइएको छ ।

कृषा स्वयंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । उनी फिल्मको निर्मातामा पनि छन् । प्रदीप भारद्वाजले फिल्म लेखेका हुन् । ‘लार्ज स्केल’मा बन्न लागेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । ‘स्टारकास्ट’मा मात्र झण्डै डेढ करोड खर्च हुने देखिन्छ । तराईंका विभिन्न ठाउँहरुमा लोकेशन हेरेर फर्किएकी कृषाले ‘पिताम्बर’लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेकी छन् ।