मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’ले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर, १५ लाखको औषधि बाँडियो

फिल्मीखबर, काठमाडौं, 2024/01/29

hattichap

 

यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ सामाजिक कार्यमा पनि जोडिएको छ । माघ १३ गते (शनिबार) फिल्मको टिमले लायन्स क्लबसँगको सहकार्य गरेर किस्पाङ २ स्थित सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा १५ लाखभन्दा बढीको औषधि निःशुल्क रुपमा वितरण गरिएको निर्माता करण नेपालीले जानकारी दिए ।

शिविरमा सात सय बढीले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा काठमाडौंस्थित टिचिङ अस्पतालका ४९ जना डाक्टर स्वास्थ्य परिक्षणमा खटिएका थिए । जटिल रोगका बिरामीलाई टिचिङ अस्पतालमा सहजीकरण गरिने निर्माता नेपालीले बताएका छन् । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाई छ ।

 

hattichap


सिमोस सुनुवार निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको यो फिल्मले कात्तिक महिनायता सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।