मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूठान’ प्याकअप, दयाहाङ बने अमेरिकी आर्मी

फिल्मीखबर, काठमाडौं, 2024/01/31

bhuthan (2)

 

विनोद पौडेलले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘भूठान’ (द वर्ल्ड ह्यापियस्ट म्यान)को सम्पूर्ण छायांकन सकाएका छन् । मंगलबार अमेरिकाको ओहियो राज्यमा फिल्म ‘प्याकअप’ गरिएको हो । छायांकन सकिएसँगै निर्माण टिमले उपलब्ध गराएको तस्वीरहरुमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायांकन भैरहेको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा छन् ।

 

binod paudel


फिल्ममा हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्मचार्यका साथै भारतबाट अनुराधा मजुमदारको पनि अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् भने निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।

 

binod paudel


‘भूठान’ हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र  मापदण्डमा रहेर बनेको निर्देशक पौडेलको दाबी छ । उनी भन्छन्, ‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) फिल्म हुनेछ । यसमा हलिउडकै प्रख्यात प्राविधिकहरु जोडिएका छन्, जसले गर्दा फिल्मको प्रविधिक पक्ष सबल छ । कथा पनि विश्वले आत्मसात गर्ने भएकोले फिल्ममार्फत् हामीले विश्व बजारमा आफ्नो पहुँच बनाउन सक्ने विश्वास छ ।’

 

bhuthan (2)


फिल्मको निर्माणमा म्याड मंकी फिल्मस्, हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेका छन् । २०२४ को अन्त्यसम्म प्रदर्शनको लक्ष्य राखिएको यो फिल्म सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको थियो । सुसन प्रजापतिले खिचेको फिल्म नेपाली तथा अंग्रेजी भाषामा बनेको छ ।