मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुनमा फिल्म रिलिजको चाप, २५ करोडको दबाब

फिल्मीखबर, काठमाडौं, 2024/02/02

six nepali movie

 

नेपाली फिल्मको नियति के छ भने नआउँदा एउटै नआउने, आएपछि आ-आफैं जुध्ने गर्छन् । गत कात्तिकयता एक-एक महिनामा फिल्म रिलिज भए र आ-आफैं जुधेर सकिए । कात्तिकपछि मंसिर २९ गते ‘जम्प र ‘दुई कदम’, पुष २७ गते ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ प्रदर्शन भए । अब यसको एक महिनामा अर्थात् यही माघ २६ गतेबाट ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आउँदैछन् ।

यसरी हेर्दा कात्तिकदेखि माघसम्म रिलिजको हिसाबले फिल्मको संख्या ६ पुग्नेछ । यो न्यून हो । एकातिर जाडो मौसम र अर्कोतिर ठूला भारतीय फिल्म रिलिजको चापले पनि नेपाली फिल्मको रिलिजमा कमी आएको देखिन्छ । तर, आगामी फागुनमा भने फिल्म रिलिजको ठूलो चाप छ । यो महिनामा ६ वटा फिल्म रिलिजको तयारीमा छन् । एउटै मितिमा ३ वटा फिल्मसम्म प्रदर्शन हुँदैछन् ।

फागुनको सुरुवात फिल्म ‘जिग्री’बाट हुनेछ, जुन फागुन ४ गते रिलिज हुँदैछ । त्यसपछि फागुन ११ गते ‘गोर्खा वारियर’ र फागुन १८ गते ‘द अनब्रेकेबल अगस्त्य’ प्रदर्शनमा आउने तयारीमा छन् । यी ३ वटै फिल्मले सोलो रिलिजको दुर्लभ मौका पाएका छन् । जसले गर्दा हल र दर्शक बाँडिने छैनन् । तर, अघिल्ला हप्ताको फिल्मले ‘पिकअप’ लिएको अवस्थामा भने अर्को फिल्मलाई गाह्रो पर्नेछ ।

त्यस्तै, फागुन २५ गते नेपाली फिल्मबीच महासंग्राम हुँदैछ । यो मितिमा ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ गरी ३ वटा फिल्म रिलिजको तयारीमा छन् । महाशिवरात्रीको विदा छोप्न यो भिडन्त हुन लागेका हुन् । फागुनमा रिलिज हुन लागेका ६ वटा फिल्ममा गरी १२ करोडमाथि लगानी देखिन्छ । र, त्यो उठाउन लगभग २५ करोडको कमाई गर्नुपर्ने हुन्छ । यो असम्भव छैन, तर सहज पनि छैन ।