मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोशिशले प्रेमिका सन्ध्यासँग कसे लगनगाँठो

फिल्मीखबर, काठमाडौं, 2024/02/04

 

अभिनेता, गायक तथा संगीतकार कोशिश क्षेत्री विवाह बन्धनमा बाँधिएका छन् । उनले यही माघ १७ गते (बुधबार) हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग लगनगाँठो कसेका हुन् । त्यसो त कोशिशको घर पनि हेटौंडा नै हो । उनीहरुले गत वर्षको माघमा इन्गेजमेन्ट गरेका थिए । यो जोडी करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् । कोशिश भने फिल्म र संगीत क्षेत्रमा स्थापित छन् । फिल्म ‘मोक्ष’बाट अभिनेताको रुपमा डेब्यु गरेका उनले त्यसयता ‘पर्व’, ‘रातो गलबन्दी’, ‘माया पिरिम’, ‘परस्त्री’ र ‘ऐंचो पैंचो’मा काम गरिसकेका छन् ।

 


कोशिश निर्देशक समेत भैसकेका छन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘बाइरोड’ प्रदर्शनको तयारीमा छ । यतिबेला कोशिश प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा आधारित भएर बन्न लागेको फिल्मको तयारीमा छन् । फिल्ममा उनले दिनेशको भूमिका निर्वाह गर्नेछन् ।